ललितपुरमा यस बर्ष पनि वातावरण दिवस मनाइयो !
ललितपुर जेठ २२! युवा जागरण पर्यावरणीय मञ्च (YAEF)ले आज विश्व वातावरण दिवसको उपलक्ष्यमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
यस बर्षको नारा "प्लास्टिक जन्य प्रदुषण निर्मुल पारौ", "वातावरण मैत्री विकल्प को प्रयोग गरौ ! " जस्ता नाराहरु मञ्च ले बिगत २०५५ सालदेखि नै बुलन्द रुपमा अवलम्बन गर्दै आएको सर्व विदितै छ। कार्यक्रम मन्चका अध्यक्ष डा.अस्ट्मान किसी महर्जन ज्यूको अगुवाइ र मार्गदर्शनमा मञ्चका सदस्हरु, सन्चारकर्मिहरुको सहभागितामा गमलामा फलफूलको बिरुवाहरु रोपेर वातावरण दिवस मनाइएको छ ।
हाल बृक्षारोपणकालागि अनुकुल अवस्था नभएकोले सान्केतिक रूपमा गमलामा विभिन्न जातका फलफूल का बिरुवाहरु रोपिएको छ । बृक्षारोपनको लागि समय अनुकुल भए पछि सार्ने गरि आज सुन्तला ,स्याउ,आरु,आरुबखडा,मुन्तला,भोगटे ,हलुवाबेद,तेज्पात, अनार,अंगूर ,अम्बा,केरा,छोगडा,सुपारी ,लगायतका बिरुवाहरु रोपेर बिश्व वातावरण दिवस २०८०, June 5,2023 World Environment Day मनाइएको छ!