नागरिक पोष्ट News


आलु, प्याजमा १३ प्रतिशत लाग्यो भ्याट: किसान र उपभोक्ताहरु मारमा पर्ने व्यवसायीहरुको गुनासो

2K

काठमाण्डौँ - सरकारले यस वर्षको बजेटमार्फत किसानले उत्पादन गरेको वस्तुलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषिजन्य वस्तुको आयातमा १३ प्रतिशत भ्याट लाग्ने बनाएको छ । आगामी आर्थिक वर्ष २०८०(८१ को बजेटमार्फत तरकारी फलफूल तथा केही दैनिक उपभोग्य गरी १ सय ६७ वस्तुहरुमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर ( भ्याट) लगाउने घोषणा गरेको हो । सरकारले बजेटमार्फत हरियो प्याज बाहेक आलु  केराउ, बोडी, काउली, सिमी पालुंगो, गोलभेडा लगायतका तरकारीहरुमा भ्याट लगाएको छ । यस्तै स्याउ, एभोकाडो, चेरी, स्ट्रभेरी, कीवि लगायतका फलफुलमा भ्याट लगाउने भएको छ ।

कृषिमा आन्तरीक उत्पदानलाई जोड दिने, साना किसान तथा साना व्यापारीलाई असर नपर्ने गरी भ्याट लगाउने बजेट मार्फत घोषणा गरेको अर्थ मन्त्रालयले जनाएको छ । ५० लाखभन्दा कम कारोवार भएका साना किसान तथा व्यासायीलाई भ्याट नलाग्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । तथ्यांक अनुसार नेपालमा बर्षेनी ३ खर्ब बढी रुपैयाँको कृषिउपज वस्तु र २८ अर्ब रुपैयाँ बरावरको तरकारी तथा फलफुल आयात हुने गरेको छ ।

उसोत, नेपालीको भान्छामा वषेनी साढे ११ अर्ब रुपैयाँको आलु र प्याज मात्रै पाक्छ । नेपाल आलुमा ६० र प्याजमा शतप्रतिशत छिमेकी मुलुक भारत कै निर्भर छ । आलु र प्याज उत्पादनमा नेपाल आत्मनिर्भर नहुँदासम्म नेपालीले आलु र प्याजको महँगी खेपिरहनुपर्ने देखिन्छ । सधैँ मूल्यवृद्धिको मार खेप्ने विपन्न परिवारलाई सरकारले मूल्य अभिवृद्धि कर घोषणा गरे सँगैसाँझ बिहान के तरकारी खाने भन्ने चिन्ता बढेको छ । पछिल्लो समय मूल्यवृद्धि अस्वभाविक ढङ्गले बढ्दै गएको भएपनि यसको अनुगनम गरी मूल्य नियन्त्रण गर्नेतर्फ कसैको पहल नभएको पनि उपभोक्ताको गुनासो छ ।

कालीमाटी तरकारी तथा फलफुुल बजारमा तरकारी किन्न आएका उपभोक्तmाहरु सबैको महंगी बढेको गुनासो छ । भने व्यवसायीहरु भने भ्याट लगाउनु नहुने बस्तुमा भ्याट लगायको प्रति गुनासो व्यक्त गरिरहेका छन् । त्यति मात्र होईन आलुु प्याज जस्तो दैनिक उपभोग्य बस्तुमा भ्याट लगाउदा आयात कम भयर मुल्य बढेको र उपभोक्ताहरु मारमा परेको समेत व्यवसायी दिपेन्द्र श्रेष्ठ बताउँछन् ।

यस्तै, अर्का व्यवसायी रामनारायण कलवारले आलुु, प्याज सड्ने र कुहीने वस्तुमा भ्याट लगाउँदा व्यवसायीका साथै उपभोक्ता समेत मारमा परेको भन्दै यस प्रति व्यवसायीहरु असन्तुुष्ट भएको बताउछन् ।

सरकारले भ्याट नलगायर करको दायरा बढाएको भए व्यवसायी खुशी हुने बताउँदै  व्यवसायी दधिराज उप्रेतीले वर्षमा दुई तीन पटक उपभोक्ताले आलु र प्याजमा चर्को मूल्य तिर्नु परिरहेकाले यसको अन्त्य हुनु पर्नेमा जोड दिनुु पर्ने बताउछन् । 

त्यस्तै प्रत्यक नेपालीको भान्सामा पाक्ने आलुु प्याज गरिब देखि धनीको घरको अत्यावश्यक वस्तुमा भ्याट नलगाउन सरकारलाई आग्रह गर्दे नेपाल कृषि उपज आलु प्याज आयात निर्यात तथा थोक बिक्रेता संघका महासचिव प्रकाश गजुरेलले आग्रह गरेका छन् । 

आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले कृषिजन्य वस्तुको आयातलाई निरुत्साहित गर्दै आन्तरिक उत्पादनलाई प्रोत्साहन गरेको छ । लामो समयदेखि आन्तरिक कृषि उत्पादनलाई प्रवर्धन गर्न सरकारले आयातित कृषिजन्य वस्तुमा कर बढाउनुपर्ने माग उठ्दै आएको थियो । सो मागलाई आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गरेको हो । सरकारले यसअघि तरकारी तथा फलफूलसहित अन्य १७० वटा वस्तुको आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) छुट दिएको थियो । तर, अर्थमन्त्री डा. प्रकाशशरण मतहले आर्थिक वर्ष २०८०÷८१ को बजेटमार्फत ती वस्तुमा दिइँदै आएको छुट खारेज गरेको घोषणा गरेका छन्। सरकारले आयातित तरकारी, वनस्पति तथा फलफूलमा भ्याट लाग्ने बनाएसँगै बजारमा ती वस्तु मूल्य महँगो हुने भएका छन् । तर, यसले कृषकलाई भने राहत पुग्नेछ । यता, व्यवसायीहरु भने सरकारले कुनै ठोस कार्यविधि र तयारीबिनै दैनिक उपभोग्यवस्तुमा भ्याट लगाएकोप्रति आक्रोसित भएका छन् । यसतर्फ सरकारले ध्यान दिन जरुरी छ ।

Must View