‘बलियो बिषयामा नीरफूल पूर्ण मौलिक चलचित्र बनेको छ’– दयाहाङ
काठमाडौं, अभिनेता दयाहाङ राई मुख्य भूमिका रहेको चलचित्र नीरफूल यही २६ जेठबाट देशब्यापी रिलिज हुने भएको छ । यो चलचित्रको बारेमा काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अभिनेता दयाहाङले मौलिक कथा र बिरालै हुने घटनामा केन्द्रित भएकाले आफुले चलचित्र नीरफूलमा अभिनय गरेको बताएका छन् । उनले यो चलचित्रको स्कृप्ट नै बलियो रहेको जिकिर गरे । यो चलचित्रमा दयाहाङ राईसँगै शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जीवन बराल, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबा, बिजय लामालगायतको अभिनय रहेको छ । रेखा थापा यो चलचित्रमा विशेष भूमिकामा छिन् । बाल गायिका जिम्मे छ्योइकी र नाट्यकर्मी शान्ति वाइबाले यही चलचित्रबाट ठुलो पर्दामा डेब्यु गरेका छन् । गत वर्ष अभिनेता दयाहाङको चलचित्र कबड्डी ४ ले सर्वाधिक सफल व्यापार गरेको थियो भने यतिबेला उनको अर्को चलचित्र जारीले सफल प्रदर्शनीको ५१ दिन मनाउँदै नेपालमा मात्र १४ करोड भन्दा बढीको नेट व्यापार गरिसकेको छ । ती दुबै चलचित्र जस्तै यो नयाँ चलचित्र पनि मौलिक भएकाले नीरफूलले पनि राम्रो व्यापार गर्ने उनले बताएका छन् । यो चलचित्रमा तामाङहरुको मौलिक संस्कृतिलाई पनि दर्शकले नजिकबाट चिन्ने अबसर पाउने दयाहाङले बताएका छन्,‘तामाङहरुमा पनि बुद्धिजम र तान्त्रिजम गरी दुईवटा समुदाय रहेछ । विवाहबाट यी दुई समुदाय जोडिएपछिको पारिवारिक सम्रचनादेखि उनीहरु नामाकरण तथा अन्य धेरै संस्कृतिहरु पनि यो चलचित्रमा देख्न पाईन्छ ।’ यो चलचित्रमा आफुल् निर्वाह गरेको भूमिका दर्शकका लागि निकै रोचक हुनसक्ने अभिनेता दयाहाङको कथन छ,‘जीवनमा मैले कहिल्यै गोठालो भएर भेडा चराएको थिईन् । भेडा चराउँदा कसरीलाई त्यसलाई माथि तिर लाने, कसरी तल झार्ने, तिनीहरुलाई कसरी नुन खुवाउन, कसरी स्याहार गर्ने भन्नेबारे त विशेष कलाको हुनुपर्दो रहेछ ।’ यो चलचित्र खेलेपछि आफुले भेडी गोठालो बन्न त्यत्ति सजिलो नभएको महसुस गरेको उनले बताएका छन्,‘गोठाले भन्ने काम बाहिरबाट हेर्दा जति सजिलो छ, गर्न त निकै गाह्रो पो हुँदो रहेछ । जीवनमा पहिलो पटक यो चलिचत्रबाट मैले भेडा गोठालेको सँघर्षपूर्ण अनुभव सँगाल्ने अबसर पाएँ ।’ जुन उनको लागि निकै रोचक बनेको छ ।