नागरिक पोष्ट News


कलाकार सुरविर पण्डित र शारदा गिरी एउटै म्यूजिक भिडियोमा

1.6K

काठमाडौँ ।  गायक तथा कलाकार सुजन शिवाकोटीको भुक्के चप्पल बोलको गीतको भिडियो रिलिज भएको छ । सामाजिक अभियन्ता तथा युवा व्यबसायी समेत रहेका गायक  शिवाकोटीकै   शब्द तथा संगीत रहेको गीतमा निरज खतिवडाको एरेन्ज, विषम आचार्यको मिक्सिङ तथा  मास्टरिङ रहेको छ । जसमा गायक शिवाकोटीसहित लोकप्रिय कलाकारहरु सुरबिर पण्डित (दारीबा), शारदा गिरी (कालीबुढी), नबिना शिलवाल (खुईली)को अभिनय देख्न सकिन्छ । एक रोमान्टिक प्रेम जोडीको रोमान्स, ख्याल ख्यालैमा माया बसेको दृश्य र ग्रामिण परिवेशको कथामा तयार पारिएको भिडियोको निर्देशन  लेखराज तामाङले गरेका हुन् । प्रेम, कमेडी, लगायतका विषयबस्तुलाई समेटेको भिडियोको छायांकन बुद्ध थापाले गरेका हुन् भने भिडियोको सम्पादन मिन रावलले गरेका हुन् । रावलक कलरिङ रहेको भिडियो ओएसआर डिजिटलबाट बजारमा आएको हो । गायक शिवाकोटीले यसअघि  हाम्रो जंगल नामक फिल्म, परिबन्ध, कान्छा २ , लगायतका सर्ट मूभी र म त परेँ नामक म्यूजिक भिडियोमा अभिनय गरेका छन् ।

Must View