नागरिक पोष्ट News


सविर श्रेष्ठको “लैजाउ माया” म्युजिक भिडियो सार्वजानिक

882

चलचित्र निर्देशक सविर श्रेष्ठको निर्देशनमा “लैजाउ माया” म्युजिक भिडियो हाईलाइट्स नेपालले सार्वजानिक गरेको छ । मेलिना राई र किरण भुजेलको आवाजमा रहेको गितमा संगित सुवास भुषालको रहेको छ भने शब्द सन्दि डांगीको रहेकोछ । निर्देशक श्रेष्ठ पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा पनि ब्यस्त रहेकोछ भने चाडैनै नयां चलचित्रको घोषणा समेत गर्ने तयारिमा रहेको बताइन्छ । नायक पुष्प खड्का र नायीका नम्रता सापकोटाको मुख्य भुमिका रहेको उक्त म्युजिक भिडियोमा ३० जना कोरसको प्रस्तुती रहेकोछ । डान्सिङ उइथ स्टार नेपाल सेकेण्ड रनर–अप तथा बुगीवगी नेपालका टप ९, सुभम् भुजेलको कोरियाग्राफी रहेको उक्त म्युजिक भिडियोमा छायांकन ईश्वर सिन्केमनाले गरेको हो भने कलर रेनिश फागो अनि ईडिटिङ्ग भुपेन्द्र अधिकारीको रहेको छ । हाईलाईट्स नेपालको प्रस्तुती रहेको भिडियो जनक तमाङले प्रोडुस गरेको हुन ।

Must View