नागरिक पोष्ट News


नेपाल भारतबीच ७ सम्झौता : प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण ऊर्जा क्षेत्रमा कोसेढुंगा - कुलमान घिसिङ

1.4K

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चारदिने भारत भ्रमण एकदमै उपलब्धिमूलक भएको बताएका छन् । भारतसँगको ऊर्जा सम्झौताले नेपालको आर्थिक क्षेत्रले नै फड्को मार्ने परिस्थिति बन्ने उनको टिप्पणी छ । नेपाल र भारतबीच सम्पन्न ऊर्जा व्यापार, ट्रान्समिसन, जेनेरेसन र रिजनल मार्केटका लागि भएका सम्झौता समग्र ऊर्जा क्षेत्रका लागि कोसेढुंगा भएको घिसिङले औंल्याए । ‘१० वर्षमा १० हजार मेगावाट विद्युत् भारतले लिने विश्वास भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट आउनुले बजार मात्र सिर्जना भएको छैन, थप जलविद्युत् क्षेत्रमा थप लगानी पनि आउँछ । यो ऊर्जा क्षेत्रमा माइलस्टोन हो । त्यस अर्थमा यो भ्रमण एकदमै उपलब्धिमूलक भएको छ । 

 

बिग्रिन लागेको माहोल सम्हाल्दै नेपाल भारतबीच ७ सम्झौता

 

 

प्रधानमन्त्री प्रचण्ड र भारतका राष्ट्रपतिबीच भेटवार्ता

 

प्रधानमन्त्री प्रचण्डले भेटे भारतीय उपराष्ट्रपति

 

प्रधानमन्त्रीको भारत भ्रमण आर्थिक एजेन्डामा केन्द्रित

Must View