नागरिक पोष्ट News


डा.सोनिया दुलाललाई क्यान्सर ग्लोबल ओन्कोलोजी युवा अन्वेषक २०२३ पुरस्कार

6.7K

काठमाडौं ।  ५०,००० अमेरिकी डलर राशिको “क्यान्सर ग्लोबल ओन्कोलोजी युवा अन्वेषक पुरस्कार २०२३”, नेपाली चेली डा.सोनिया दुलालले प्राप्त गर्नुभएकोे छ । नेपाल सरकारको NAMS, वीर अस्पतालबाट पूर्ण छात्रवृत्तिमा मेडिकल ओन्कोलोजिस्ट डा. सोनिया दुलाल स्नातकोत्तर डिग्री हासिल गर्ने पहिलो केही नेपाली ओन्कोलोजिस्टहरू मध्ये एक हुन् ।

हेल्थ भोलन्टियर्स ओभरसीज (HVO), USA को सहकार्य, कन्क्यूर क्यान्सर फाउण्डेशनको तर्फबाट अमेरिकन सोसाइटी अफ क्लिनिकल ओन्कोलोजी (ASCO) ले डा. दुलालले अध्ययन गर्न पेश गरेको “नेपालका विभिन्न जातीय समूहका महिलाहरूमा स्तन क्यान्सरको जीन सम्बन्धी अध्ययन” शीर्षकको अनुसन्धानको लागि उक्त पुरस्कार राशि दिने घोषणा गरेको जानकारी दिएको छ ।

डा. दुलाल उत्कृष्ट एब्स्ट्र्याक्टका लागि कन्क्यूर क्यान्सर फाउन्डेसन, ASCO मेरिट अवार्ड २०१८ विद्यार्थीका रुपममा प्राप्त गर्ने पहिलो नेपाली मेडिकल ओन्कोलोजिस्ट समेत रहेकी छिन् । उनले प्रिन्सेस मार्गरेटमा फोक्सोको क्यान्सरको उपचार पद्धति सम्बन्धी अध्ययन,UICC टेक्निकल फेलोशिप अवार्ड २०१९ प्राप्त गर्ने विद्यार्थीके रुपमा पहिलो मेडिकल ओन्कोलोजिस्ट हुन् । उनी UICC विद्यार्थीहरूको संघको आजीवन सदस्य हुन् ।

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत  डा.सोनिया दुलालले विश्व फेडेरेसन अफ हेमोफिलिया (WFH) को हेमोफिलिया हेरचाहसम्बन्धी क्षेत्रीय चिकित्सा कार्यशाला – बैंकक, थाइल्याण्ड, २०१८ मा नेपालको प्रतिनिधित्व गरिसकेकी छिन् । साथैे विभिन्न क्यान्सर सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनहरू जस्तै ASCO 2018, ChicagoÙ ACOG सिम्पोजियम 2018, क्यानडा; IASLC  २०१९ विश्व सम्मेलन फोक्सोको क्यान्सर, बार्सिलोना, स्पेन) मा पोस्टर÷ई–पोस्टर आदिमा आफ्नो  प्रस्तुतीकरण गरिसकेकी छिन् । पहिलो लेखकको रूपमा प्रतिष्ठित जर्नल अफ ग्लोबल ओन्कोलोजी सहित राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलहरूमा उनको नाममा विभिन्न लेखहरु प्रकाशित छन् ।

अमेरिकन सोसाइटी अफ क्लिनिकल ओन्कोलोजी (ASCO) ले अध्ययन र अनुसन्धानको माध्यमबाट बिरामीलाई उच्चतम गुणस्तरको न्यायसंगत सेवा बिरामीलाई दिने उद्देश्यका साथ स्थापना भएको संस्था हो भने डा.दुलाल वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको इन्र्टनल मेडिसिन विभागमा Associate Professor, MD (Internal Medicine), DM (Medical Oncology) का रुपमा कार्यरत छिन् ।

Must View