आज आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक हुने
1K
काठमाडौँ – आज आर्थिक वर्ष २०८०/८१ को बजेट आज सार्वजनिक हुँदैछ। संघीय संसद भवन, बानेश्वरमा बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमार्फत बजेट सार्वजनिक हुन लागेको हो। बैठक दिउँसो ४ : १५ बजे बोलाइएको छ।
नयाँ संविधान जारी भए पछि हरेक वर्ष गणतन्त्र दिवसका दिन अर्थात् जेठ १५ गते सरकारले नयाँ बजेट सार्वजनिक गर्दै आएको छ।
अर्थमन्त्री महतले बजेटमार्फत कतिपय विकासमा अवरोध पुगिरहेका नीतिगत अड्चन समाधान हुने बताएका छन्। साथै उनले बजेटमार्फत सरकारलाई अतिरिक्त दायित्व सिर्जना हुने नयाँ कार्यक्रम घोषणा नहुने सङ्केत पनि गरेका छन्।