नागरिक पोष्ट News


अमेरिकामा ऋणको सीमा बढाउन ‘सैद्धान्तिक सहमती’

847

वाशिङ्टन । अमेरिकामा राष्ट्रपति जो बाइडेन र विपक्षी रिपब्लिकनहरूबीच ऋणको सीमा बढाउन ‘सैद्धान्तिक सहमती’ बनेको छ ।

विश्वव्यापी चिन्ताको बीचमा सम्भावित जोखिमलाई जोगाउन ह्वाइट हाउस र तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा बहुमतमा रहेका रिपब्लिकनबीच सहमति बनेको हो ।

यो सहमति एक महत्वपूर्ण कदम मानिएको छ । राष्ट्रपति बाइडेनले विज्ञप्तिमा लेखेका छन् ‘वार्ता टोलीले यसको पाठलाई अन्तिम रूप दिनेछ र सम्झौता हाउस र सिनेटमा जानेछ ।’

अमेरिकी सदनका सभामुख केभिन म्याकार्थीले पनि आफ्नो सामाजिक सञ्जालमा यस बारे उल्लेख गरेका छन् ।

ऋण सीमा सम्झौताको पाठ आइतबार सांसदहरूलाई उपलब्ध हुनेछ र प्रतिनिधिसभाले बुधबार मतदान गर्नेछ, म्याकार्थीले भने ।

Must View