नागरिक पोष्ट News


बाल सचेतना केन्द्रद्वारा “समाज रुपान्तरणका लागि मेरो वडा मेरो सपना ” भन्ने शिर्षकमा बाल बक्तृवकला प्रतियोगिता सम्पन

581

काठमाडौ  । काठमाडौ महानगरपालिका सहयोगमा तथा बाल सचेतना केन्द्रद्वारा “समाज रुपान्तरणका लागि मेरो वडा मेरो सपना ” भन्ने शिर्षकमा बाल बक्तृवकला प्रतियोगिता सम्पन भएको छ ।  काठमाडौँ क्षेत्र नं ३ का माननीय सदस्य सन्तोष चालिसेको  प्रमुख आतिथ्यतामा र बाल सचेतना केन्द्र नेपालका अध्यक्ष बाबुराम फुयालको सभापतित्वमा वडास्तरिय बाल वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा ६ नं वडाभित्रका १९ ओटा विद्यालयको सहभागिता रहेको थियो । जसमध्ये हिमशिला एकेडेमीका छात्रा रिया प्याकुरेल  प्रथम, जनकल्याण माध्यामिक विद्यालयका  छात्रा पुष्पा बुढा द्धितिय, इन्टर्नेशन जशेप पब्लिकका छात्रा भावना बराल तृतिय र गोल्देन पिकका छात्रा कोपिला बुढा सान्त्वता भएका छन् ।

प्रथम स्थान हासिल गर्नेलाई नगद रु। २५०० ९दुई हजार पाँच सय० सहित ट्रफि र प्रमाणपत्र, द्धितिय स्थान हासिल गर्नेलाई नगद रु। २००० ९दुई हजार० सहित ट्रफि र प्रमाणपत्र, तृतिय स्थान हासिल गर्नेलाई नगद रु। १५०० ९एक हजार पाँच सय० सहित ट्रफि र प्रमाणपत्र, सान्त्वना स्थान हासिल गर्नेलाई नगद रु। १००० ९एक हजार० सहित ट्रफि र प्रमाणपत्र र सम्पूर्ण सहभागि विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

Must View