नागरिक पोष्ट News


सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

658

काठमाडौं । सरकारले संसद्मा पेश गरेको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। गत जेठ ५ गतेको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम आज (शनिबार) पारित भएको हो।

सभामुख देवराज घिमिरेले कार्यक्रम बहुमतले पारित गरेको घोषणा गरेका हुन्। आजसम्म उक्त कार्यक्रममाथि छलफल भएको थियो । उक्त छलफलको क्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहालले दिएका थिए।

Must View