नागरिक पोष्ट News


‘साहुकी छोरी’ भिडियो सार्वजनिक

735

गुल्मीको रुपाकोटमा जन्मी बुटवलको मणिग्राममा स्थायी बसोबास गरी २००९ देखी अस्ट्रेलियाको सिड्नीमा बस्दै आएका गायक पोखरेलको काली मोरी २ एल्बममा समावेश गीत साहुकी छोरी आज सार्वजनिक भएको हो । 

विदेशमै रहे पनि गीत संगीतमा निरन्तर सक्रिय हुँदै आएका गायक पोखरेलले पहिलो औपचारिक गीत २००१ मा जानु पर्‍यो नि म त लाहुर बाट सुरुवात गरेका थिए । उनका करिब २ दर्जन भन्दा बढी गीत रेकर्ड भइसकेका छन् ।  विगतमा गरेका २ सोलो एल्बम ुशीतलु, ुअराइजु हो भने अस्ट्रेलियाबाट सामूहिक गीति एल्बम ”उडान” पनि २ वर्ष अगाडि  रिलिज गरेका थिए । 

पोखरेलका दर्शक श्रोताले मन पराएका  रातो रिबन, काली मोरी, तिमी छैनौ त छैन शीतल, मैले झैँ मर्ने बारे सोध्छौ होला, कति बज्यो भनेर सोधम कि लगायत गीतहरू हुन् ।  

उनले अस्ट्रेलियामा हुने संगीतिक कार्यक्रममा प्रस्तुतसँगै विभिन्न सङितिक कार्यक्रमको आयोजना पनि गदै आइरहेका छन् ।  उनले गाएका पछिल्ला आफ्ना गीत संगीतहरु आफ्नै युट्युब च्यानलबाट रिलिज गरिरहेका छन् ।

‘साहुकी छोरी’ गीतमा शिव पलान अधिकारीको शब्द, एस डी योगीको संगीत, रिकेश गुरुङको एरेन्ज रहेको छ । 

भिडियोमा कमल सिंह, ललना चिमरिया र प्रकाश घिमिरे फिचर्ड छन् । मौसम हिमालीको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा नवीन घर्ती मगरको सम्पादन, बुद्ध थापाको छायाङ्कन छ ।  

Must View