नागरिक पोष्ट News


सेयर बजारमा दोहोरो अंकको वृद्धि

798

काठमाडौँ   । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । बुधबार नेप्से सूचक १६‍।४९ अंकले बढेर १९५९‍।१२  विन्दुमा कायम भएको छ ।

अघिल्लो दिन उच्च अंकले बढेको नेप्से सूचक बुधबार पनि दोहोरो अंकले बढेको हो । बैंकहरूको ब्याजदर अझै घट्ने संकेत देखिएपछि दुई दिनयता सेयर बजारमा रौनकता छाएको छ ।

नेप्सेमा सूचीकृत २७० कम्पनीको ४८ लाख ६५ हजार ४७५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८७ करोड ३० लाख १८ हजार २४ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये बुधबार फाइनान्स, हाइड्रोपावर र म्युचुअल फण्ड उपसूचक बाहेकका सबै उपसूचकमा हरियाली छाएको छ ।

Must View