नागरिक पोष्ट News


इन्द्रमाया पौड्यालको ‘शताब्दी यात्रा’ लोकार्पण

1.1K

काठमाडौं। सय वर्षीया इन्द्रमाया पौड्यालको ‘शताब्दी यात्रा’ बुधबार सार्वजनिक गरिएको छ।

सय वर्षीया इन्द्रमाया पौड्यालको जीवन अनुभवमा आधारित पुस्तकको संयोजन भने शुभेच्छा विन्दुले गरेकी हुन्।यसअघि लेखिका अमृता लम्सालले पुस्तक आफ्नो ‘हजुरआमाको कथा’मा पौड्यालको बारेमा लेखेकी थिइन्।

यसअघि लेखिका अमृता लम्सालले पुस्तक आफ्नो ‘हजुरआमाको कथा’मा पौड्यालको बारेमा लेखेकी थिइन्।संस्कृतकी विदुषी पौड्याल वेद, उपनिषद् तथा ज्योतिषशास्त्रकी ज्ञाता मानिन्छिन्।

भारतमा जन्मिएकी पौडेल बाल्यकालमै उनको परिवारसँगै बर्मा पुगेकी थिइन् भने पछि नेपाल आएकी हुन्।यस पुस्तकमा उनको संघर्ष, दुख र त्यसबिरुद्ध उनले लडेका लडाइँबारे लेखिएको छ।

काठमाडौँको नेपाल पर्यटन बोर्डमा आयोजित एक कार्यक्रममा बुधबार उक्त पुस्तक सार्वजनिक गरिएको हो।

Must View