नागरिक पोष्ट News


हरि बहादुरको सफलतामा नेपालले कसरी गर्व गर्ने ?

1.1K

अन्ध राष्ट्रबादको सवाल  

-  रुद्र ढकाल, हाल लिभरपुल, बेलायत।     

अर्काको देशहरुबीचको स्वार्थको लडाईंकोलागि होमिँदा आफ्नो ज्यानकै अति संबेदनशील तथा महत्वपूर्ण अङ्गहरु नै गुमाएका ूएक होनाहार शाहसी तथा अत्यन्तै बहादुर योद्दाू हरी बहादुर बुढा मगर अहिले विश्वकै प्रेरणाको श्रोत बन्न सफल भएका छन्। किनकि उनले कसैले आँट नै गर्न नसक्ने शारीरिक अपाङ्गताको बाबजूद पनि संसारकै सर्बोच्च खर सगरमाथाको चुचुरोमा चढेर दुनियाँलाई देखाए।   मैले उनलाशिई यतिबेला धक फुकाएर नेपाली योद्दा भन्न र निर्धक्कसंगले बृटिश नागरिक भनी उल्लेख गर्न निकै नै अनकनाई रहेको छु। अनि उनलाई ज्यादै फितलो र सस्तो भाऊमा एक नेपाली नागरिक मात्र भन्न पनि हिच्किचाई रहेको छु। किनकि मेरो मनमा यस्तो दोधारे बिचार आउनुको पछाडी धेरै नै कारणहरु छन्। त्यसैले मैले माथीको प्यारेग्राफमा एक होनाहार शाहसी तथा अत्यन्तै बहादुर योद्दाू मात्रै उल्लेख गरेको छु।  यसको एउटा कारण त उनी यतिखेर सम्ममा विश्वकै साझा नागरिक भैसके त्यसैले उनलाई यतिबेला संकुचित दृष्टिले एउटा देश ( नेपाल मात्रको नागरिक भन्दा धेरै नै अन्याय होला। यति मात्रै नभई अति सङ्कीर्ण सोचाईले भरिएको अन्ध राष्ट्रबाद को लान्छना समेत लाग्न सक्ला नै। अर्कोतिर नेपालको अहिलेको उग्र राष्ट्रबादको दुर्गन्धित हावाले भरिएको ज्यादै नै संकुचित नागरिकता ऐन ले गर्दा पनि मैले उनलाई धक फुकाएर “एउटा नेपाली नागरिक ( हरी बहादुर बुढा मगर ले सगरमाथाको उचाई नाप्यो भनेर खुला दिलले छात्ती फूलाएर भन्न सकिन।   किनकि अहिलेकै कन्जुस नेपाली नागरिकता ऐनमा टेकेर कुनैपनि गैह्र आबासीय अर्थात् नन् डम नेपालेले हरिबहादुर जस्ता विश्वकै साझा गरीमालाई विश्व सामु धक फूकाएर शाहसिलो बहादुर नेपालीू भन्न सक्ने अबस्था छैन।  उनले अफगानिस्तानको रणभूमिमा आफ्नो साथमा बोकेको आफ्नो पहिचान खुल्ने नेपाली नागरिकता या पासपोर्ट त यसै पनि गुमाए होलान् तर त्यही बम बिष्फोटमा पर्दा आफ्नो कम्मर मुनीका दुवै खुट्टाहरु भने अबश्यै गुमाउनु परेको थियो।  

 यही अबस्थामा उनलाई सम्मान र सम्बोधन गर्न नेपाल सरकार पनि निकै हिचकिच गरिरहेको देख्न सकिन्छ। यस्तो लाजलाग्दो स्थिति देख्न र भोग्न परिरहेको हुनाले मेरो मनले पनि उनलाई बहादुर नेपाली भन्न अलिक धरमराई रहेको अबस्था छ। किनभने अहिले मेरो दिमागमा पनि नेपालका मानब तस्कर दलाल नेताहरुको कुतर्कहरुले गर्दा एक किसिमको उग्र(राष्ट्रबादी सोंच पलाई रहेको छ, आम नेपालीहरुको दिमागमा जस्तै। यसरी जबर्जस्ती मेरो टाउकोमा आफ्नो राष्ट्रकै अग्रज भनाउँदा नेताहरुले नै उग्र-राष्ट्रबादू को पोको थोपरी दिएको हुनाले र त्यसैको उग्र रेटोरिकल प्रभाव दिमागमा परिरहेको हुनाले, आज मलाई पनि त्यसैको भूतले दिग्भ्रमित पार्दै गाँजी रहेको अबस्था छ। उनी बृटिश सेना मै भर्ना भएर अफगानिस्तानको लडाईं लडेका थिए वा निजि सुरक्षा ठेकेदार मार्फत त्यस लडाईंमा भाग लिएका थिए मलाई खासै मतलब राख्दैन। किनकि जुनै अर्थमा पनि उनी अर्काको देशको स्वार्थकालागि एक प्रोक्सी आर्मी या भाडाको सिपाहीको रुपमा अन्तराष्ट्रिय लडाईंमा भाग लिएका थिए। कुटनीतिक रुपले न अफगानिस्तान नेपालको दुश्मन थियो न बेलायत नै। यो अर्थमा उनी एउटा प्रोक्सी भेटेरान मात्रै थिए या बेलायतको भाषामा ुलीजु मा लिईको ूनेपलीज गोर्खाजू। तर उनले अफगानिस्तानको रणभूमिमा आफ्नो साथमा बोकेको आफ्नो पहिचान खुल्ने नेपाली नागरिकता या पासपोर्ट त यसै पनि गुमाए होलान् तर त्यही बम बिष्फोटमा पर्दा आफ्नो कम्मर मुनीका दुवै खुट्टाहरु भने अबश्यै गुमाउनु परेको थियो। जे होस् त्यस बखत उनले बृटिश सरकारको सहनेतृत्वमा भएको लडाईंमा पश्चिमा देशहरुको प्रतिनिधित्व गर्दै तिनीहरुको मिलिटरी बेशक्याम्प तथा दूताबाशहरुलाई सुरक्षा ९डिफेन्स० गरिरहेका थिए। यसै कारणले उनी तालिबानको बमको तारो या टार्गेट या निशाना नै बनेका थिए। यसपछि उनलाई बृटिश सरकारले उपचार तथा राहत दिएको हुनुपर्छ। सायद अहिले अफगान भेटेरानको एक्स ग्रेसिया स्कीममा पनि परेकै होलान्। 

यहाँनेर एकदमै बिचारणीय कुरो के छ भने ( यदि उनी बेलायतद्वारा अन्तराष्ट्रिय रुपमा छेडिएको अफगान युद्दमा नभई नेपालको कथित जनयुद्दमा यसरी घाईते भएका हुन्थे भने उनको दुरावस्था तत्कालीन नेपाली सेना तथा माओबादी सेनाको घाईते लडाकूहरुको भन्दा खासै फरक हुने थिएन।   तर जे होस् अफगान युद्दमा आफ्ना दुवै खुट्टाहरु नराम्ररी गुमाउनु परेतापनि उनलाई त्यस्तो गम्भीर प्रकृतिको अपाङ्गता नै बिर्साउने गरी बेलायत सरकारले उसको अति(आधुनिक मेडिकल प्रबिधिको बुत्ताले भ्याए सम्म निस्शुल्क उपचार गरेको हुनाले आज यतिको बिश्व चर्चित हुने गरी सक्षम हुन पाए। नत्र उनको ताल आम नेपाली अपाङ्गहरुको जस्तै हुन्थ्यो।  तथापि अहिले उनी दुई देशकै साझा प्रतिनिधी भईरहेका छन्। एउटा जन्मथलोको बलले, अर्को कर्मथलोको बुताले। जुन कुरा उनले सगरमाथा आरोहण गर्नु पहिले पोष्ट गरेको फेसबुकको एउटा डिजिटल ईमेजको ब्याकग्राउण्डमा धमिलो छायाँ भित्र देखिएको दुवै देशको झण्डाहरुको दो(छायाँले देखाउँछ। तरपनि राष्ट्रियताको पहिचान या नागरिकताको सवालमा उनीलाई र उनी जस्तै अरु गोर्खाली लाहुरेहरुलाई नेपालले कुन दृष्टिकोणले हेर्ला र कसरी तिनीहरुलाई आत्मस्वाभिमानकोको अपनत्व हुने गरी स्वदेश मा सम्मान गर्दै उभ्याउला त्यो भने अबको कानूनमा हेर्न बाँकी नै छ। 

सगरमाथाको सफल आरोहण गरेका हरी बुढा मगरको यो सर्बोत्कृष्ट बिजयले यतिखेर ूएक दिनको नेपाली, सदाको नेपालीू भन्ने दोहोरो नागरिकताको जायज आवाजलाई जबर्जस्त ढंगले बुलन्द पारेको छ या एकपटक पुस्न बल्झाएको छ। यसो भन्दै गर्दा के अहिलेको अबस्थाको नेपालको संकुचित नागरिकता सम्बन्धि कानूनको दृष्टिकोणले मात्रै हेर्ने हो भने नेपाल राष्ट्रले बृटिश सेनाको लाहुरे हरी बुढा मगरको संसारलाई नै आश्चर्यचकीत पार्ने यो बिजयलाई हृदय देखि नै गर्ब गर्ने ठाउँ नै छैन र रहन्न पनि। त्यसोभए जन्मसिद्द प्राकृतिक नागरिकको हिसाबले अहिलेकै अबस्थामा के स्थान या पहिचान पाएका छन् त उनी जस्ता मान्छेहरुले भन्ने कुरा रबि लामिछानेको नागरिकता प्रकरणबाटै स्पष्ट हुन्छ। अहिलेको अबस्थामा हरीलाई नेपालले आफ्नै एकलौटी नागरिक मात्रै मान्ला या आधा बृटिस आधा नेपाली . ूआ।बृ।आ।ने।ू या समान रुपले दुवै देशको साझा नागरिक मान्लारु दोहोरो नागरिकता सम्बन्धी नेपालको बर्तमान संकुचित कानूनलाई च्यात्ने र फेर्ने बेला आएको छ। किनकी सारा नन्(डम् नेपालीहरु तथा आम लाहुरेहरुको ब्याथा एउटै छ। मेरो बिचारमा उनी अब नेपाल र बेलायतको मात्रै साझा नागरिक नभई विश्वकै साझा नागरिक अनि एक होनहार अतुलनीय एबं अनुकरणीय व्यक्तित्व तथा विश्वका आम मानिसहरुका साझा प्रेरणाका श्रोत नै बनि सकेका छन् भन्ने लाग्छ। यो अर्थमा उनी अहिलेको विश्वकै प्रेरणाको श्रोत, सेलिब्रिटी आईकोन अर्थात् एक किसिमको विश्वकै साझा नागरिक जस्तै भईसकेका छन्। यो कुरोलाई मनन् गर्ने हो भने अब नेपालले ढिला नगरी दोहोरो नागरिकतालाई सहजीकरण गर्नु पर्ने बेला आएको छ तर आफ्नै नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर बिदेशमा बेची खान पल्किएका भ्रष्ट दलाल सांसदहरुले यस्तो अति संबेदनशील अनि महत्वपूर्ण कुरालाई संसदमा सही र सकारात्मक तरिकाले उठाउने कष्ट गर्लान् त यो बेलारु यतिबेला सगरमाथाको चुचुरोबाट हरीले दिएको संदेश उनकै शब्दमा उल्लेख गर्नु पर्दा Life is all about adaptation, Nothing is impossible अंग्रेजीमा लेखिएको यो कुरो हाम्रा अन्धराष्ट्रबादी नेता र सारा यूवा नेपालीहरुले कतिको र कुन हिसाबले बुझ्लान् कुन्नीरु तर परिबर्तनको सबालमा उनको यो भनाई एकदमै मार्मिक, गहीरो र अर्थपूर्ण छ, जसरी सर एडमण्ड हिलारीले माउन्ट एभरेष्ट किन चढेको भनी प्रश्न गरी सोध्नेलाई सहज तरीकाले ( किनकि ूत्यो त्यहीं छू अर्थात् माउन्ट एभरेष्ट नेपालको त्यही अप्ठेरो स्थानमा छ भनेका थिए। 

अर्को प्रेरक प्रसङ्ग ( नेपाल भन्ने देशतिर आफूलाई सपाङ्ग र बलिया भनी घमण्ड गर्ने ठगहरु बिहान देखि बेलुका सम्म ढलेको सिन्को नभाँची हात बाँधेर कुरा काट्दै बसीरहेका देखिन्छन्। धेरैले अरुको आशा र भरोशामा या अरुले केही दिएन भन्दै ईर्ष्यामा जलेर बाँची रहेका हुन्छन्। धेरै सपाङ्गहरुले आफूले यो संसारमा केही पनि गर्न सकेनौं भन्दै आफ्नै जीन्दगीलाई धिकार्दै हरेश खाई रहेका देखिन्छन्। कयौं सपाङ्गले दुई चार मिनेट हिड्नको गाह्रोले मोटर साईकल, गाडी आदि कुदाउँदै बाताबरणलाई नै प्रदूषित पारीराखेका होलान्। अहिले यति बेलाको नेपालको सन्दर्भमा सग्ला हात(खुट्टा हुने कयौंले रातारात सजिलै अकूत धन सम्पति कमाउँला भन्दै लाजै नमानी कुख्यात मानब तस्करहरु तथा तिनका दलाली गर्ने ूग्याङ्ग मास्टरू एजेन्ट नेताहरुको पछाडी झोला बोकी कुदिरहेका पनि छन् होलान्। किनकि तिनलाई यस्तै चटारो भएको देखिएको छ। तर शारीरिक अपाङ्गताको नाउँमा आफ्नो दुबै खुट्टा नै नभएका मान्छे हरीले जे भए पनि यत्रो कसैले सपनामा पनि आँट गर्न नसकेको शाहसी कदम चाल्दै दुनियाँको अगाडि विश्वको सर्बोच्च शिखर सगरमाथाको अप्ठ्यारो चुचुरोमा टेकेरै संसारलाई देखाउनु चानेचुने कुरो भने हुँदै हैन। 

साच्चै भन्ने हो भने हरीको यो शाहशी कदमले आफूलाई बिनाअर्थको सपाङ्ग हुँ भन्ने आम दुई(खुट्टे झोलेहरुलाई निकै नै गिज्याएको र लज्जित तुल्याएको हुनुपर्छ। अझै के के न पाउँछु भन्दै ूभ्रष्टाचारी भिजनू बोकेका दलाल नेताहरुको पछि लाग्ने र तिनका निगाहमा एक छाक भनेपनि मिठो खान पाईन्छ कि भनेर तिनका पछिपछि झोला बोकेर बुर्कुसी मार्दै दगुर्ने स्वाँठहरुलाई दुवै खुट्टाबिना नै सगरमाथाको टाकुरामा कुल्चने हरी मगरको यस शाहशिक कार्यले लज्जाबोध हुने गरी नै गिज्याएको नै हुनु पर्दछ।  यति मात्रै हैन, सग्लो रुपमा हात खुट्टा हुनेहरुले यो या त्यो बहानामा आफ्नो जिन्दगी बदल्न सम्भबै छैन भनी आनाकानी गर्दै हातखुट्टा नचलाई बसीरहेको बेलामा उनको थट प्रोभोकिङ्ग भनाई “Life is all about adaptation, Nothing is impossible.” ले धेरैको दिमागलाई घचघच्याएको हुनुपर्छ किनकि यो आफैंमा निकै नै ओजिलो र अर्थपूर्ण छ। उनले जिन्दगी भनेकै आफूलाई समय र परिस्थितिलाई पचाउँदै जानु अनि त्यही अनुसार आफू पनि  बदलिंदै जानु हो या फेरिंदै जानु हो भन्ने कुरा आफैंले प्रमाणित गरेर संसारलाई देखाईदिए। तर दोहोरो नागरिकाताको सवालमा नेपाल सरकारले उनको यस्तो लचिलो तर गहकिलो संदेश बुझ्न सकिरहेको छैन। तर दोहोरो नागरिकाताको सवालमा नेपाल सरकारले उनको यस्तो लचिलो तर गहकिलो ूएडाप्टेशनूको संदेश बुझ्न सकिरहेको छैन। किनभने नेपाल सरकार आज सम्म दुई चार बर्ष बिदेशिएका आफ्नै नेपाली सन्तानहरु बंशजको हिसाबले पनि आफ्नै बायोलजिकल सन्ततिहरुलाई ूएडोप्सनू गर्न पनि हिचकिचाई रहेको अबस्था छ। तसर्थ सग्ला हातखुट्टा भएकाले पनि यतिबेला केही काम गर्नको लागि आँट गर्ने बेला आएको छ।

कुनै माखै मार्ने काम गर्न नसके पनि यतिबेला कम से कम नेपाल सरकारको कानून संशोधन गर्ने ठाउँमा पुगेका सांसदहरुले यस्ता गैह्र आबासीय नेपालीहरुको बंशज नागरिकताको निरन्तरताको बाटोलाई कुनै कन्जुस्याईं नगरी खोली दिए पनि राम्रै हुन्थ्यो। ती संसदहरु आफैंले कुनै उपलब्धी मूलक काम गर्न नसके पनि विदेशमा गएर यसरी अंगभंगहुने गरी ज्यानको बाजी थापेर काम गरी कमाईवरी नेपालका अल्छी ठग दलालहरु तथा नक्कली अपाङ्गहरुलाई पाल्नकै लागि आँट र शाहस गर्ने यस्ता बास्तबिक श्रमजीवी नागरिकहरुलाई कम से कम दोहोरो नागरिकताको अधिकारसम्म दिएमा अब आयन्दा कुनै पनि सांसद या मन्त्रीले कुनै नेपालीलाई जबर्जस्ती यो भूटानी नै हो भन्दै संसारलाई हँसाउँदै किर्ते शिफारिश गरिरहनु पर्ने थिएन होला र मान्छे बेचीरहनु पनि पर्ने थिएन होला। 

Must View