नागरिक पोष्ट News


‘गोर्खा वारियर’को प्रिमियर लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’ मा हुँदै

756

काठमाडौं, जेठ चलचित्र ‘गोर्खा वारियर’को प्रिमियर बेलायतकै सान मानिएको लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’मा गरिने भएको छ । त्यहाँ नेपाली चलचित्रकै इतिहाँसमा पहिलो पटक यो चलचित्र रेड कार्पेट प्रिमियर गर्न लागिएको हो । यो प्रिमियर सन २०२३ सेप्टेम्बर १० आईतबार गरिने आयोजक चाम्स इन्टरटेनमेन्टले जनाएको छ । यो प्रिमियरमा दुई हजार दर्शकलाई चलचित्र ‘गोर्खा वारियर’ देखाईने यस चलचित्रका निर्माता एवम् निर्देशक मिलन चाम्सले बताएका छन् । काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै निर्देशक मिलन चाम्सले भने,‘नेपाली चलचित्रलाई विश्वब्यापी बजारमा पु¥याउने नेपालीहरुले देखेको सपनालाई चलचित्र ‘गोर्खा वारियर’ मार्फत अब साकार पारिने भएको छ । नेपालीहरु शाहसीको रुपमा विश्वमा चिनाउन सफल नेपाली गोर्खा सैनिकको बीरगाथामा यो चलचित्र आधारित रहेको छ ।’ सन १९४९ को ‘मलाया इमरजेन्सी जँगल वार’मा गोर्खाली सैनिकको शाहसिक युद्धकथालाई यो चलचित्रमा उतारिएको छ । चलचित्र गोर्खा वारीयर नेपाली, अँग्रेजी र हिन्दी गरी तीन भाषामा रिलिज हुँदैछ । यो फिल्मलाई हलिउडको बितरक कम्पनीले विश्वव्यापी वितरण गर्दै छ । यसको हिन्दी र अँग्रेजी सँस्करण पनि अन्तिम तयारी अबस्थामा छ ।   चलचित्र ‘गोर्खा वारियर’को पोष्ट प्रोडक्सनको कार्य यतिबेला भारतको मुम्बई र बेलायतको लन्डन स्थित स्टुडियोमा भईरहेको छ । यो चलचित्रलाई हलिउड स्तरको बनाउने प्रयास भईरहेको पनि उनले बताए । यस अघि टिजर रिलिजपछि राम्रो हाईप बनाएको चलचित्रलाई अब लन्डनबाट गरिने प्रिमियरले विश्वव्यापी चिनाउने पनि उनले बताए । ‘वार’ जनरामा निर्माण भएको यो चलचित्रबाट नायक रितेश चाम्सले डेब्यु गरेका छन् । रितेशसँगै ‘गोर्खा वारियर’मा बिजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका विभिन्न कलाकारको अभिनय रहेको छ ।   ‘गोर्खा वारियर’मा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, राजेन्द्र मोक्तानको रँग सँयोजन रहेको छ । यो चलचित्रको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत रहेको छ । यो चलचित्रमा युद्धसँगै गोर्खाली सैनिकको परिवारसँग बिछोडिँदाको मार्मिक कथा पनि समेटिएको छ । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा मिलन चाम्स, सुस्मिता वाइवा, सुमन राई छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् ।

Must View