नागरिक पोष्ट News


दिपक कार्कीले २० बर्षको मिहिनतले उद्यमी घर जन्माए के छ त उद्यमी घरमा ? (भिडियो सहित हेर्नुहोस् ) 

1.5K

काठमाण्डौ  । ‘नेपाली मन, नेपाली पन, नेपालको उत्पादन’ भन्ने नारा अघि सारेर सातदोबाटो स्थीत चापागाँउ दोबाटोमा उद्यमी घरको समुद्घाटन भएको छ । सो उद्यमी घरको एक कार्यक्रमबीच उद्योग, बाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले समुद्घाटन गरेका हुन् ।

एकै छानामुनी सारा नेपाली घरेलु उत्पादन संग्रह गरि सञ्चालनमा ल्याइएको यस उद्यमी घर नेपालकै पहिलो उदाहरणीय भएको संञ्चालक दिपक कार्कीले बताए । सम्पन समुद्घाटन कार्यक्रममा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र मर्हजन, उपमेयर मुना अधिकारी, श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका अध्यक्ष श्यामकृष्ण शर्मा, ललिततपुर महानगरपालिका वडा नं १४ का वडा अध्यक्ष अमृतजंग महत, बैक तथा वित्तिय संस्था सातदोबाटोका शाखा प्रबन्धकहरु, उद्यमी व्यवसायी तथा उपभोक्ताहरु समेतको सहभागिता थियो ।

देशभरका करिव ५० जिल्लामा रहेका उद्यमीहरुले उत्पादन गरेका घरेलु हस्तकला, कृषि तथा नेपाली उद्यमका उत्पादनहरु उद्यमी घरमा विक्रिका लागि राखिएको छ । उद्यमी घरको समुदघाटन सहित आज बैशाख २१ गतेदेखि २३ गतेसम्मका लागि वृहत मेला प्रर्दशनी पनि एकसाथ सुरु गरिएको छ । उद्यमी घरको सो मेलामा आउने ग्राहकहरुलाई ३ दिनसम्म हरेक सामानमा १० प्रतिशत छुटको व्यवस्था गरिएको ब्यवस्थापक शोभा घिमिरेले बताइन ।

मेला तथा उद्यमी घर समुदघाटन कार्यक्रममा मन्त्री रिजालले सह्रानीय काम गरेकोमा धन्यवाद ब्यक्त गर्दै यसखालका उद्यम व्यवसायलाई प्रर्वद्धन गर्न सरकारको तर्फबाट सहयोग गर्ने बताए । उनले भने ‘ यस्ता खालको व्यवसायीक गतिविधिले रोजगारी सिर्जना, राजस्व परिचालन, आर्थिक सम्बृद्धि र देशको आत्मनिर्भरतामा टेवा पुग्ने बताए ।

मन्त्री रिजालले नेपाली मौलिक उत्पादनहरु विदेशी सामानको तुलनामा १५ प्रतिशत महगो नै भएपनि कुनैपनि सरकारी निकायले त्यसलाई रोज्नु पर्ने बताए ।’ सञ्चालक दिपक कार्कीले आफुहरुको २० बर्षको मिहिनतले यस उद्यमी घर जन्मिएको बताए । उनले भने ‘मैले विभिन्न सामाजिक संस्था मार्फत २०बर्ष देशका ५० भन्दा बढी जिल्लामा सिपमुलक तालिम, उद्यमशीलता विकासको तालिममा खर्च गरे, धेरैलाई सीपमुलक उद्यमी बनाएँ, तर ती उद्यमीहरुले आफना सामानको लागि बजार नपाएपछि म आफैले बजारको मिडियटर हुन उद्यमी घर सञ्चालनमा ल्याएको हुँ ।’ उनले भने उद्यमीहरुको सिप तथा समानले मुल्य पाओस, बजार पाओस् र आफनो तर्फबाट पनि रोजागरी सिर्जना होस् देशलाई टेवा पुगोस् भन्नका लागि उद्यमी घर सञ्चालनमा ल्याइएको ह। उनले उद्यमी घरको २३ गतेसम्म चल्ने मेलामा सहभागि हुन सबैलाई आग्रह समेत गरे ।

 

 

Must View