नन्दी माध्यमिक विद्यालयमा एडुप्ले युवा कल्वले विद्यार्थीहरुका लागी खेलकुद सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गर्याे
1.7K
काठमाण्डौँ । एडुप्ले युवा कल्वको आयोजनामा तीन दिने सामुदायिक विद्यालयका विद्यार्थीहरुका लागी खेलकुद सम्बन्धी सचेतना कार्यक्रम को उद्घाटन नन्दी माध्यमिक विद्यालयबाट गरिएको छ । काठमाण्डौँ महानगरपालिकाको सहयोगमा एडुप्ले युवा कल्बले यो कार्यक्रम गरेको हो ।
कार्यक्रममा काठमाण्डौँ महानगरपालिकाका वडा नं. १ को वडा सदस्य रसला तण्डुकार, नन्दी माद्ययमिक विद्यालयका प्रधानअध्यापक गिता काफ्ले,त्यस्ते सोही विद्यालयका शिक्षक बलराम सर, त्यस्तै प्रशिक्षक चेतना लोकसम, प्रशिक्षक गेमको सुनिल मर्हजन र राष्ट्रिय युवा परिषद भक्तपुरका उपसचिव चन्द्रा थापा लगायत विद्यार्थी भाईबहिनीहरुको उल्लेखनीय उपस्थित रहेको थियो । कार्यक्रममा सबै अतिथिहरुले आफ्नो भनाई समेत राख्नु भएको थियो । कार्यक्रम सञ्चालन सबु बस्नेतले गर्नु भएको थियो ।