नागरिक पोष्ट News


विश्वको सर्वोच्च शिखर सगरमाथामा भरतपुर महानगरपालिका र रामपुर कृषि विश्वविद्यालयको व्यानर

735

भरतपुर । भरतपुर महानगरपालिका र रामपुर कृषि तथा वन विज्ञान विश्वविद्यालयको नाम लोगोसहितकाे व्यानर विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराइएको छ ।

लम्जुङका माउन्टेन गाइड नरेन शाही र सहायक चेतन भोटेले महानगर र कृषि कलेजकाे व्यानर रामपुर कलेजका प्राेफेसर डा.ऋषिराम कट्टेलकाे पहलमा सर्वाेच्च शिखर सगरमाथामा फहराएका हुन् ।

लम्जुङका शाहीले यस अघि पनि लम्जुङ राइनास नगरपालिकाकाे झण्डा सगरमाथामा फहराएका थिए । भरतपुर महानगरपालिका मेयर रेनु दाहालले भरतपुर महानगरपालिकाको विकास र समृद्धिको अभियानलाई सफल बनाउन सर्वोच्च शिखर सगरमाथामा भरतपुर महानगरपालिकाको झण्डा फहराइएको बताउनुहुन्छ ।

देशका पालिकाहरुमा सबै सूचकहरुमा अग्रणी रहेको महानगरपालिकाको झण्डालाई सर्वोच्च शिखरमा फहराएर विश्वभर विकासको सन्देश प्रवाह गरेको उहाँको भनाइ छ । दाहालले शाहीलाई विशेष धन्यवाद दिनु भएकाे छ ।

कृषि तथा वनविज्ञान विश्वविद्यालय विश्वको सर्वोच्च शिखर सगरमाथाको देशमा अवस्थित रहेकाे छ। रामपुर कृषि तथा वन विज्ञान विश्वविद्यालयको नाम लोगोसहितकाे व्यानर विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराइएकोमा कृषि विश्वविद्यालयको भिसि पुण्य प्रसाद गौतमले खुसि व्यक्त गर्नु भएकाे छ । उहाँले नरेन्द्र शाही र उहाँको टोलीलाई विश्वविद्यालयको नाम लोगोसहित विश्वको सर्वोच्च शिखर सगरमाथामा राख्नु भएकोमा धन्यवाद र बधाई दिनु भएकाे छ ।

Must View