नागरिक पोष्ट News


भोलिदेखि काठमाडौंमा सम्पदा घुम्ती बस सेवा

1.6K

काठमाडौं। नेपालमा पर्यटकको सेवामा केन्द्रित गरी सम्पदा घुम्ती बस सेवा सञ्चालन हुने भएको छ। ‘हफ अन हफ अफ बस’ मंगलबारदेखि परीक्षणका रुपमा चल्ने भएको छ। 

नेपाल पर्यटन बोर्डका अनुसार काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले साझा यातायातसँगको सहकार्यमा यस्तो बस सेवा सञ्चालनमा ल्याउन लागेका हुन्। 

बोर्डका अनुसार यस्तो बस सेवा मंगलबार ललितपुर महानगरपालिकाको प्राङ्गणबाट उद्घाटन हुने छ। यस्तो बस सेवाले पर्यटकलाई विश्व सम्पदा सूचीमा सूचिकृत काठमाडौं दरवार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भुसम्म पहुँच दिने बताइको छ। 

नेपालमा लामो समयदेखि यस्तो सेवा थालनी गर्ने घोषणा गरिए पनि कार्यान्वयनमा आउन सकेको थिएन।

Must View