नागरिक पोष्ट News


तारकेश्वर नगरपालिकाले प्रथम वर्षमा सम्पन्न भएका योजना तथा कार्यक्रमहरु सार्वजनिक

1.3K

काठमाडौं ।  तारकेश्वर नगरपालिकाले प्रथम वर्षमा सम्पन्न भएका योजना तथा कार्यक्रमहरु सार्वजनिक गरेको छ। नगरपालिकामा गत वर्ष निर्वाचित भएर आएका जनप्रतिनिधिहरुले आफ्नो एक वर्षे कार्यकालमा भएका कार्यहरुलाई शुक्रबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेका हुन्।

पत्रकार सम्मेलनमा तार्केश्वोरका नगरप्रमुख कृष्ण हरि महर्जन, उप(प्रमुख सिर्जना बुर्लाकोटी अर्याल , प्रमुख प्रशासकीय अधिकृत डा। कृष्ण बहादुर घिमिरे, वडा नम्बर ३ का वडा अध्यक्ष परशुराम अर्याल , वडा नं ११ का कविराज बस्नेत लगायत थुप्रै जनप्रतिनिधिहरु, स्थानीय नेता तथा बुद्दिजिबिहरु, बिभिन्न शाखाका प्रमुखहरु , कर्मचारीहरु र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो। जनप्रतिनिधिहरु  निर्वाचित भएर आएको १ वर्षे कार्यकालमा कुनै नगरसभा सदस्य तथा कार्यपालिका सदस्यले असहमति जनाई नोट अफ डिसेन्ट लेख्ने वातावरण बन्न आफूले नदिएको उनको भनाइ थियो । नगर प्रमुख भएपछि जिम्मेवारी पूरा गर्ने क्रममा आग्रह( पूर्वाग्रह नराखी आफूले काम गरेको हुनाले कार्यसम्पादनमा आफूलाई कुनै दलबाट पनि बाधा अड्चन नभएको भन्दै आफु निर्वाचित भएर आएको पहिलो वर्ष स्मरणीय भएको उनले उल्लेख गरे । चुनावमा गरिएका घोषणापत्र अनुसार नै कामहरु भईरहेको नगरप्रमुख महर्जनले बताए। तारकेश्वर नगरपालिका काठमाडौं भित्रै भएपनि भौगोलिक हिसाबले दूरदराजको क्षेत्र भएकाले विकासका पूर्वाधार सडक, खानेपानी, विद्युत्, सिंचाइ लगायतका संरचना निर्माण गर्न निकै चुनौतिपूर्ण छ । तर पनि नगरप्रमुख महर्जनले ती चुनौतिहरुको पहाडमा टेकेर जनताको सेवामा दिनरात नभनी खटिरहेका छन। भौगोलिक अवस्था असहज भए पनि नगरप्रमुखको रुपमा महर्जन आएसंगै सडक,स्वास्थ्य ,शिक्षा तथा  पूर्वाधार निर्माणमा उल्लेखिय काम भएका छन् । खानेपानीदेखि सिंचाइको सुविधा पर्याप्त विस्तार गरिएको छ ।विगतको ५ वर्ष सम्म हुन नसकेका काम अहिलेको १ वर्षमा भईरहेको छ। नगरपालिकाको नगर प्रमुखको उम्मेदवारी घोषणा गर्दै गर्दा र निर्वाचित भइसकेपछि पनि महर्जनले आफूले पाउने सेवा, सुविधा ९तलबरभत्ता० बापत प्राप्त हुने सम्पूर्ण रकम व्यक्तिगत रूपमा नलिएर सामाजिक कार्यमा खर्च गर्ने घोषणा गरेका थिए। उक्त घोषणा अनुरुप यो १ वर्ष अवधिको कार्यकाल भरिमा नियमानुसार कार्यालयबाट प्राप्त भएको सेवा, सुविधाका वापतको रकम नगरकै असाहय गरीब निमुखा जनता,बालबालिकालाई  लागि खर्चिएका छन।

पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख महर्जनले भने,’हाम्रो लक्ष्य भनेको स्वच्छ सफा तारकेश्वर बनाउने हो । समग्र क्षेत्रमा नगरवासीले सुविधा पाउनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ । अरू नेताहरूले जस्तो यस्तो काम गर्छु भनेर भन्दिन । १ वर्ष गयो अब मैले ४ बर्ष दिनरात काम गर्ने हो । योजना अनुसार स्वास्थ्य र शिक्षाको गुणस्तर सुधार गरेका छौं। हामी जनप्रतिनिधिले पार्टीभन्दा माथि उठेर काम गर्नुपर्छ । विपक्षीले भोट दिएको छैन भनेर काम नगर्ने भन्ने हुन्न । हाम्रो नगरपालिकामा केही भौगिलिक असहजता छ । सबै वडामा समानुपातिक विकास गर्ने उद्देश्यले काम गरेका छौ । काम गर्दैजाँदा कहीँकतै अप्ठ्यारोपना नभएको हैन नगरवासीले विश्वास गरेर नगरको विकास र नगरवासीको कामको लागी चुनेर पठाएका हुन विस्वास र भरोशा तोड्नु हुदैन भन्ने कुरामा दृढ छु । ’ नगरपिताको रुपमा महर्जन आए संगै विकासका  कामलाई व्यवस्थित रुपमा अघि बढिरहेको देख्न सकिन्छ । विकास भन्ने बेतिकै भौतिक निर्माणकार्यलाई मात्रै नभएर पर्यटकीय क्षेत्रलाई प्राकृतिक स्वरुपमै व्यवस्थित बनाउने, धार्मिक गन्तव्यहरुलाई सुविधायुक्त बनाउने संगै शैक्षिक केन्द्रहरुको विकासमा विशेष ध्यान दिएको  पाइन्छ ।

त्यसैक्रममा नगर उप(प्रमुख बुर्लाकोटीले भनिन,’हामी जनप्रतिनिधि भएर आइकन नगर र जनताको भावना बुझ्दै हरेक काममा अहोरात्र लागेका छौ । नगरको विकास होस या जनताको काम प्रति सबै बराबरमा राखेर बफादार भएर अघिबढिरहेका छौ । जनप्रतिनिधिले मात्रै यो सब गर्न सकेको हैन हामीलाई आम नगरवासीको साथ, सहयोग र हौसलाले आज यहाँ सम्म आइपुगेका छौ । यति मात्रै कहाँहोर नगरका हरेक कामहरू पूरा हुन अझै बाँकी छ र आम नगरवासीको साथ अझै जरुरत छ ।’ कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत घिमिरे ले तार्केश्वोर नगरपालिकामा  दोश्रो स्थानीय निर्वाचन पश्चात पहिलो बर्ष पुरा गर्दै तार्केश्वोर का जनप्रतिनिधिहरुले निकै महत्वपूर्ण काम गरेको कुरा बताए ्र

नेपालको संविधान वमोजिम मुलुकमा संघीय शासन प्रणाली लागु भई जनतासंग हातेमालो गर्दै स्थानीय तहको विकासका लागि तारकेश्वर नगरपालिका सक्रिय भएर लागेको छ। वि स २०७९ सालमा भएको स्थानीय तहको दोश्रो कार्यकालको निर्वाचनमा जननिर्वाचित तारकेश्वर नगरपालिकाका प्रतिनिधिहरुले आज आफ्नो कार्यकालको पहिलो वर्ष पुरा गरेका छन्। नगरले स्थानीय सरकारको हैंसियतमा तारकेश्वर नगरपालिकाकाले जनसहभागितामुलक विकास प्रणालीको लागु गरी जनताको जीवनस्तर सुधार गर्न संवेदनशील भई प्रभावकारी र मितव्ययी ढंगबाट समता र समावेशी कानुनको प्रयोग गर्दै आफ्नो एक वर्षे कार्यकालमा भएका योजना तथा विकासका कार्यहरु सार्वजनिक गरिएको छ।

यी हुन् नगरप्रमुख महर्जनले बुँदागत रुपमा प्रस्तुत गरेका महत्वपूर्ण उपलब्धिहरुः

१। सुशासन व्यवस्थापन तथा संचालन ऐन, २०६४ अनुसार सार्वजनिक प्रशासनलाई जनमुखी, जवाफदेही र पारदर्शी बनाउन, जनसहभागितालाई अझ सुदृढ वनाउन, सार्वजनिक चासोका विषयहरुलाई सुचनाको हक सम्वन्धी ऐन, २०६४ अनुसार स्थानीय सरकारका काम कारवाहीहरुलाई लोकतान्त्रिक पद्धति अनुरुप खुला पारदर्शि बनाई जनताप्रतिको जिम्मेवारी वोध गर्दै संचार जगत मार्फत आफ्ना कामकारवाहीहरु सार्वजनिक गरी गुनासो व्यवस्थापन समेत गर्ने उदेश्यकासाथ चुस्त प्रशासन र भ्रष्टाचार मुक्त शासन प्रणालीको विकास,

२। काठमाडौ जिल्लाको उत्तरी भेगमा पर्ने ३४।९५ वर्ग कि।मि। क्षेत्रफल ओगटेको तारकेश्वर नगरपालिकामा १,५१,५०८ ९पुरुषः ७५,३०० ९४९।७०५०, महिलाः ७६,२०८ ९५०।३०५० जनघनत्व ४३३५प्रति व।मि।० जनसंख्या भई, परिवार संख्या ४१३६२, घरधुरी संख्या २१,६२३ एघार वडामा विभाजित यो नगरपालिकामा कुल जनशक्ति २१८ जना ९नगरपालिका ७३, वडा कार्यालय ५३,स्वास्थ्य कार्यालयतर्फ हस्पिटल समेत गरी ९२ जना० विद्यमान रहेको,

३। आ।व। २०७९र०८० का लागि विनियोजित रकमबाट उपभोक्ता समिति मार्फत १०८३ वटा योजना तथा ठेक्का मार्फत २६ वटा योजना सम्झौता भएकोमा उ।स। मार्फत ३३६ वटा र ठेक्का मार्फत ५ वटा योजनाहरु सम्पन्न भई अन्य योजना तथा कार्यक्रमहरु सञ्चालनमा रहेको,

४ । नगरपालिकाको संगठन संरचनालाई मजबुत बनाई असल र समयमै सेवाप्रवाहका लागि आवश्यक संख्यामा मात्रै कर्मचारी व्यवस्थापन गर्ने उद्देश्यले इ ७ ः क्गचखभथ ९कर्मचारी व्यवस्थापन संगठन० कार्य अन्तिम चरणमा रहेको,

५ । हालसम्म २८ वटा कार्यपालिका बैठक बसी समग्र नगर विकासको लागि जनताकै हितमा हुनेगरी निर्णय र सो को प्रभावकारी कार्यान्वयन भईरहेको,

६ । दिगो विकासको लक्ष्य अनुरुप आवधिक ९अल्पकालीन, मध्यकालीन र दीर्घकालीन० योजना निर्माणको कार्य अन्तिम चरणमा रहेको,

७ । सामुदायिक विधालयको शैक्षिक गुणस्तर सुधारका विगत वर्षहरूमा भन्दा वार्षिक वजेटमा वृद्दि गरिएको छ । गत वर्षमा कुल वजेटको प्रतिशत ०।०५४५ हिस्सा रहेकोमा चालु वर्षमा वार्षिक कुल वजेटको ४।३०१० प्रतिशत हिस्सा विनियोजन गरी सो को प्रभावकारी कार्यान्वयन भईरहेको,

८ । वडा, स्वास्थ्य, शिक्षा लगायत मातहतका कार्यालयहरुमा समयसमयमा अनुगमन निरिक्षण र निर्देशन, योजनाको गुणस्तर कायम गर्न र समयमै सम्पन्न गर्ने उद्देश्यले नियमित रूपमा स्थलगत अनुगमन,

९ । भ्रष्टाचार, बेरुजु, पेश्की लगायतका विषयवस्तुमा शुन्य सहनशीलता अवधारणा लागू गरिएको र पारदर्शिता, असल सुशासन कायम र सो को प्रभावकारी कार्यान्वयन गरिएको,

१० ।नगर विकासकप एजेन्डामा रहेको खानेपानी संकलन एवम् विस्तार, भौतिक पूर्वाधार, आर्थिक, सामाजिक, वातावरण तथा विपद एवम् संस्थागत सुधारका क्षेत्रहरुमा संघीय सरकारको अर्थ नीतिअनुरूपकै बजेट व्यवस्थापन एवम् सो को प्रभावकारी कार्यान्वयन गरिएको,

११ । नगर प्रमुख र कार्यालय प्रमुखबीच कार्य सम्पादन करार सम्झौता गरी तोकिएको कार्यशर्त ९त्इच्० बमोजिमको कार्यहरु समयमै सम्पन्न गरिदैँ आएको,

१२ । करको दायरा वृद्धि एवम् दर घटाउने नीति अवलम्बन गरी कार्यान्वयनमा प्रभावकारिता ल्याईएको,

१३ । स्थानीय सरकारको पूर्ण अधिकारको सदुपयोग र आवश्यकीय कानूनहरुको तर्जुमामा प्राथमिकता दिईएको,

१४ ।संविधानमा उल्लेखित स्थानीय सरकारको एकल अधिकारका क्षेत्रहरुको सही र प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानुनको तर्जुमा एवम् प्रादेशिक र संघीय रुपमा रहेका साझा अधिकारका क्षेत्रहरुमा प्रदेश र संघ सरकारसँग आवश्यक समन्वय र प्रभावकारी कार्यान्वयन गरिएको,

१५।समयसमयमा सार्वजनिक सुनुवाई, नगरको विकास र भए गरेका गतिविधिहरुको स्थानीय मिडिया, पत्रपत्रिका, सामाजिक सञ्जाल एवम् वेवसाईट मार्फत आम्दानी र खर्च सार्वजनिक गर्ने गरिएको,

१६।स्मार्ट पालिका अन्तर्गत डिजिटल सिग्नेचरको माध्यमबाटै घरैबाट सेवाग्राहीहरूले विभिन्न किसिमका सिफारिसहरू लिने, कर तिर्ने लगायत कार्यका लागि ई(सिफारिस, ई(कर प्रणाली सुचारूको लागि तयारी अन्तिम चरणमा रहेको एवं सांकेतिक रूपमा वडा नं ७ फुटुङ्टबाट कार्य प्रारम्भ भईसकेको,

१७ । जनप्रतिनिधिहरुको सपना साकार पार्न कर्मचारीबाट भरपूर सहयोग भईरहेको। कार्यक्रमको  संचालन सागर अर्यालले गरेका थिए ।

Must View