नागरिक पोष्ट News


अमेरिकामा पहिलो पटक अमेरिकी क्षेत्रीय स्वास्थ्य सम्मेलन हुँदै

588

काठमाडौँ   ।  संयुक्त राज्य अमेरिकामा पहिलो पटक अमेरिकी क्षेत्रीय स्वास्थ्य सम्मेलन हुने भएको छ। एनआरएनएको ग्लोबल हेल्थ कमिटीले आयोजना गर्न लागेको उक्त सम्मेलन आगामी मे महिनाको २७ र २८ तारिखमा अमेरिकाको डलासमा हुने जनाइएको छ। 

सम्मेलनमा अमेरिका, क्यानडा, क्यारेबियन, मध्य अमेरिका र दक्षिण अमेरिकामा स्वास्थ्यको क्षेत्रमा काम गर्ने नेपालीहरूको सहभागिता रहने छ । एनआरएनए ग्लोबल हेल्थ कमिटीका अध्यक्ष डा। सञ्जीव सापकोटाका अनुसार सम्मेलनमा स्वास्थ्यसँग सम्बन्धी विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया गरिने छ।  

उत्तर र दक्षिण अमेरिकामा रहेका नेपाली मूलका डाक्टर, नर्स र स्वास्थ्य व्यवसायीलाई एउटै ठाउँमा एकताबद्ध गरी उनीहरूबीचको सञ्जाल बनाउनु सम्मेलनको मुख्य उद्देश्य रहेको छ। हाल सो क्षेत्रमा २५ सय भन्दा धेरै डाक्टर र ५५ सय भन्दा धेरै नर्सहरु रहेको जनाइएको छ । 

सम्मेलन आयोजक समितिमा डा। प्रकाश श्रेष्ठ, डा  अनुज कँडेल, डा  सरोज नियोला, अन्जु खरेल, डा  बिभा गौतम र डा। किरण सापकोटा रहेका छन्।

सम्मेलनमा नेपालबाट प्रमुख वक्ताको रुपमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह प्राध्यापक एवं वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा। अरुण शाहीले सहभागिता जनाउने भएका छन्।

Must View