नागरिक पोष्ट News


आगामी बजेटका लागि नेपाल चामल तेल दाल उद्योग संघले दियाे सरकारलाई सुझाव

518

काठमाडौं   । नेपाल चामल तेल दाल उद्योग संघले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटका लागि सुझाव पेश गरेको छ। संघले आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय उत्पादनमा टेवा पुग्ने गरी आन्तरिक उत्पादनलाई बढावा दिन सरकारले कृषि अनुदान र कृषि संरक्षण नीति निर्माण गर्न र खाद्यान्नका लागि आवस्यक पर्ने कच्चा पदार्थको आयातमा कर छुटको आह्वान गरेको हो ।

संघका अध्यक्ष सुवोध गुप्तालले कृषिलाई पूर्ण प्राथमिकतामा राखेर स्थापना भएका चामल, तेल, दाल जस्ता उद्योगको प्रष्ट नीति निर्माण नहुनु, कृषि भुमिको संरक्षण नहुनु, उन्नत विउ बिजन र मल जलको पूर्ण व्यवस्थापन नहुनु, राज्यका कमजोर पक्ष हुन यसले कृषिलाई र कृषिजन्य उद्योगहरुलाई अग्रगमन तर्फ लैजान सक्ने कुनै ठोस संकेत नदेखिएको बताए।

राष्ट्रिय अर्थतन्त्रलाई सबल र सक्षम बनाउन आन्तरिक उत्पादन र स्वदेशी उद्योगहरुलाई निश्चित नीति निर्माण गरी विशेष प्राथमिकताका साथ गम्भिर बहस गर्न जरुरी रहेको अध्यक्ष गुप्ताको भनाइ छ ।हरेक आर्थिक वर्षका बजेट घोषणा गर्दा विभिन्न शिर्षकहरु प्रष्ट रुपमा उल्लेख नगरी अन्योलनै राखेको पाईन्छ । यस्तो अन्योलमा नेपालका चामल तेल र दाल उद्योगहरु समेत पटक पटक चपेटामा परेकाछन । उद्योगले उत्पादन गर्ने वस्तुमा लाग्ने गरेको मूल्य अभिवृद्धि कर, भन्सार महसुल लगाएत अन्य असमान करका दरले कृषि उद्योगलाई मात्र नभई समग्र क्षेत्रलाईनै प्रभावित पारेको संघको दावी छ ।

विगतका वर्षदेखी नै सरकारले कच्चा र तयारी वस्तुमा उद्योगहरुलाई १÷२ तहको भन्सार दर फरक गरिने भनिएपनि कृषि उद्योग दालमा भने व्यवहारिक रुपमा पूर्णतहः लागु हुन नसकेको बताए । जसले गर्दा स्वदेशी दाल उद्योग प्रभावित बनेको संघको ठहर छ।

Must View