नागरिक पोष्ट News


महेन्द्र माध्यमिक विद्यालयमा शिक्षक तथा विद्यार्थीहरुका लागी खेलकुद सम्बन्धी प्रशिक्षण

637

काठमाण्डौँ  ।   महेन्द्र माध्यमिक विद्यालय को आयोजना तथा उत्प्रेरणा नेपाल संस्थाको समन्वयमा तीन दिने सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुका लागी खेलकुद सम्बन्धी प्रशिक्षण तथा समाग्री वितरण कार्यक्रमको उद्घाटन भएको छ । यही बैशाख २१ गते विजय स्मारक माध्यमिक विद्यालयमा बाट शुरु भएको यस कार्यक्रम महानगरपालिका भित्रका विभिन्न विद्यालयमा आयोजना हुने लक्ष्य अनुसार यो महेन्द्र माद्ययमिक विद्यालयमा सञ्चालन गरएिको दोस्रो विद्यालय हो ।  

काठमाण्डौँ महानगरपालिका सामाजिक विकास विभागको आर्थिक सहयोगमा यस किसिमको कार्यक्रम गर्न लागेको कार्यक्रम सञ्चालीका तथा समन्वय शिक्षक टिका ढकालले कार्यक्रममा बताउनु भयो । त्यस्तै कार्यक्रममा काठमाण्डौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी, शिक्षा अधिकारी सीता राम कोईराला, विद्यालय व्यवस्थापनका अध्यक्ष तथा पुर्व ए आई जी अमर सिहंह, शिक्षक अभिभावक संघका अध्यक्ष , प्रधान अध्यापक देवराज गुरुग,सह प्रअ भिम प्रसाद पोख्ररेल,महालक्ष्मी बैक बागमती प्रदेशको प्रदेश प्रमुख प्रकाश घिमीरे लगायत विद्यार्थी भाईबहिनीहरुको उल्लेखनीय उपस्थित रहेको थियो । कार्यक्रममा सबै अतिथिहरुले आफ्नो भनाई समेत राख्नु भएको थियो । 

विद्यालयका शिक्षक तथा विद्यार्थीहरुका लागी खेलकुद सम्बन्धी प्रशिक्षण तथा समाग्री वितरण कार्यक्रमका प्रशिक्षकद्धय विधान आचार्य र शुलोचना म्यामले धेरै राम्रो तरिकाले तालिम प्रदान गर्नुको साथै यसको महत्व र आवश्यक्ता बारे पनि वर्णन गर्नु भयो । त्यस्तै कक्षा कोठामा सानो ठाउँमा पनि बसेर खेल सँगै शिक्षालाई जोड्न सके विद्यार्थी भाईबहिनीहरुलाई पनि पठनपाठनमा लोड नपर्ने र छिटो टिप्ने उहाँहरुले बताउनु भयो । 

अबको शिक्षा प्रणाली खेल्दै सिक्दै, सिक्दै खेल्दै गर्ने प्रवृतीमा विकास गर्नु पर्नेमा प्रधान अध्यापक देवराज गुरुगं लगायत उपस्थित व्यक्तिहरुले जोड दिनु भयो । यस किसीमको कार्यक्रमको आयोजना गरेकोमा आयोजक टिमले समन्वय टिमलाई धन्यबाद समेत व्यक्त गर्नु भयो । साथै कार्यक्रममा खेलकुद सामाग्री पनि विद्यालयलाई उत्प्रेरणा नेपालकी कार्यक्रम संयोजक सावीत्रि बस्नेत सबु० ले प्रमुख अतिथिको हातकाट विद्यालयका प्रअ लाई वितरण गर्नु भएको थियो । 

Must View