श्रम तथा रोजगार सेवा कार्यविधि, २०८० कार्यान्वयनमा
काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एकीकृत श्रम तथा रोजगार सेवा (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८० स्वीकृति गरी कार्यान्वयनमा ल्याएको छ ।
मन्त्रालयले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी नागरिकलाई व्यावसायिक सीप विकास, रोजगार प्रवद्र्धन, उत्पादनशील रोजगार सिर्जना, उद्यमशीलता प्रवद्र्धन एवं वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिमा सहजीकरणलगायतका श्रम तथा रोजगारसम्बन्धी सेवा तथा सुविधा स्थानीय तहबाटै एकीकृतरुपमा प्रदान गर्न मन्त्रालयले उक्त कार्यविधि ल्याएको जनाएको छ ।
उक्त कार्यविधिअनुसार स्थानीय तहमा रहेको रोजगार सेवाकेन्द्रमार्फत श्रम बजार सम्बद्ध सूचनाको सङ्कलन तथा विश्लेषण गर्ने, आन्तरिक रोजगार प्रवद्र्धन, सीप र क्षमताको अन्तर विश्लेषण गरी रोजगारोन्मुख सीप प्रदान गर्न संयोजन तथा सञ्चालन, वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्न आवश्यक सहजीकरण तथा परामर्शका लागि सहज हुने जनाइएको छ