आजको मौसम
काठमाडौं । हाल देशमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो कोशी प्रदेश र मधेश प्रदेशका साथै बागमती प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।
कोशी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। राति भने कोशी प्रदेशमा आंशिक बदली भएर बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहनु साथै तराईका भू(भागहरुमा अधिकतम तापक्रममा केही वृद्धि हुने सम्भावना छ। त्यसबाट हुन सक्ने क्षति जोखिमबाट बच्न आवश्यक शतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।