नागरिक पोष्ट News


आरजु राईस मिलले बजारमा ल्यायो दुई ब्राण्डका चामल

791

काठमाडौं । आरजु राईस मिलले नेपालमा उत्पादन हुने उत्कृष्ट लामो ‘रामधान लाई प्रशोधन गरि ‘जीरा मसिनो’ र ‘लङ्गग्रेन’ चामल बजारमा ल्याएको छ । बिहिबार एक कार्यक्रमबीच ‘जीरा मसिनो’ र ‘लङ्गग्रेन’ चामल सार्वजनिक गरीएको हो ।

विभिन्न चरणको परिक्षण पश्चात यो चामल बजारमा ल्याइएको र हाल बजारमा रहेको विभिन्न लङग्रेन चामलको दाँजोमा कनिकारहित तथा स्वादिलो रहेको शुरूवाती प्रतिक्रिया पाएको कम्पनीले जनाएको छ ।

आरजु लङ्गग्रेन चामल प्रति के।जी। रू। १३० मा काठमाडौ बजारमा उपलब्ध छ । काठमाडौंको बजारमा उपलब्ध हुने यस्तै चामलको दाँजोमा ०।५ मिलिमिटर लामो रहेता पनि मूल्य रू।१६०( १७० प्रति केजी छन्, जुन आरजु लङ्गग्रेन भन्दा रू ३०(४० प्रति केजी बढी र कनिकाको मिसावट झण्डै १०(१५५ बढी छन् । बजारमा कनिकाको मूल्य प्रति केजी ३५(४० रूपैया छ ।

उक्त चामलमा उपभोक्तालाई किलोमा ४० रूपियाँ सस्तो पर्नुका साथै गुणस्तरीय तथा स्वादिलो चामलमा उसले वार्षिक साढे पाँच हजारको वचत गर्ने कम्पनीले जनाएको छ ।

आरजु राईस मिललेआउँदो सिजनमा वास्मति चामल पनि बजारमा ल्याउने जनाएको छ ।

Must View