नागरिक पोष्ट News


सेयर बजार ३.३४ अंकले घट्यो

553

काठमाडौँ  । सातामा कारोबार हुने अन्तिम दिन बिहीबार पनि सेयर बजारमा घटेको छ । बिहीबार नेप्से सूचक ३।३४ अंकले ओरालो लागि १८३८।५९ विन्दुमा आएर रोकिएको छ।

यता ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा ०।७१ अंकले घटेर ३५३।०९ विन्दुमा पुगेको छ। बिहीबार नेप्से सूचकको ६४ कम्पनीमा वृद्धि भएको छ । १३८ कम्पनीमा ओरालो लागेको छ भने १४ कम्पनी स्थिर रहेको छ ।

यसअघि बुधबार नेप्से सूचकमा २।४३ अंकले ओरालो लागि १८४१।९३  विन्दुमा आएर रोकिएको थियो। बिहीबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा कूल २५९ कम्पनीको २१ लाख ५ हजार ६५७ कित्ता सेयर खरिद बिक्री हुँदा ५७ करोड ८८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा नेपाल दूरसञ्चार कम्पनीको ३ करोडमाथिको कारोबार भएको छ। यता १३ उपसूचकहरू मध्ये ३ कम्पनीमा उकालो लागेको र बाँकी सबैभन्दा उपसूचकहरू घटेको छ ।

बिहीबारको कारोबारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको ६।१० प्रतिशतले सेयर मूल्य बढेको छ।

Must View