नागरिक पोष्ट News


पुँजीबजारमा दोहोरो अङ्कको गिरावट

644

काठमाडौँ  । पुँजीबजारमा आज दोहोरो अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक १६ दशमलव ९३ अङ्कले घटेर एक हजार आठ सय ३३ दशमलव ६९ अङ्क कायम भएको हो ।

आज दुई सय ७० कम्पनीको २८ लाख १० हजार छ सय २७ कित्ता शेयर २५ हजार पाँच सय ८८ पटक खरिदबिक्री हुँदा रू ८२ करोड ४२ लाख १७ हजार बराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै जीवन बीमा समूह एक सय २१ दशमलव ४९ र निर्जीवन बीमा समूह एक सय छ दशमलव ९४ अङ्कले घटेको छ ।

बैंकिङ समूह छ दशमलव ५०, विकास बैंक १३ दशमलव ७१, वित्त १८ दशमलव ४१, होटल तथा पर्यटन ८४ दशमलव ५६ र जलविद्युत् समूह ४३ दशमलव ८० अङ्कले घटेको छ । त्यसैगरी लगानी समूह शून्य दशमलव १३, उत्पादन तथा प्रशोधन ३० दशमलव ३०, लघुवित्त २६ दशमलव ८०, म्युचुअल फन्ड शून्य दशमलव ०१, व्यापार १२ दशमलव ३५ र अन्य समूह आठ दशमलव ७७ अङ्कले घटेको छ ।

Must View