सहकारी क्षेत्रलाई नियमन गर्न नीतिगत व्यवस्था गरिने :-अर्थमन्त्री डा. प्रकाशशरण महत
1.3K
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सहकारी क्षेत्रलाई नियमन गर्न नीतिगत व्यवस्था गरिने बताएका छन् ।
आइतबार संसद्मा आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री महतले नीतिगत र कानुनी सुधार गर्ने बताएका हुन् ।
“सहकारी क्षेत्रको नियमनलाई सबल बनाउन नीतिगत र कानुनी सुधार गरिने छ,” उनले भने । बैंक तथा वित्तीय क्षेत्रलाई अझ पारदर्शी बनाउन पनि बजेटले व्यवस्था गर्ने उनले बताए ।