नागरिक पोष्ट News


युवा नेता कार्कि द्वारा पार्टि परित्याग

8.9K

काठमाडौं  । नेपालि काङ्ग्रेस पार्टि लाई ठुलो घाटा  नुवाकोट का युवानेता तथा नुवाकोट तरुण बिभाग उपसम्योजक नेपाली काङ्ग्रेस पार्टीको महाधिवेशन प्रत्यासी, अनुभवि पार्टिको बिभिन्न तह तप्कामा रहि लामो अनुभव बोटलि सकेका साथै नेपाली उपभोक्ता संरक्षण महासघ उपमहासचिव प्रवक्ता लुमडि कार्कि द्वारा कॉग्रेस दलमा ब्याप्त घोर बेथिति भ्रष्टाचार  र युवाहरुलाई कुनै अवसर नदिएको भन्दै  कांग्रेस पार्टि परित्याग गरेको सामाजिक सन्जाल बाट घोषणा गरेका छन । निडर साहसि र युवाहरु माझ लोकप्रीय नेता कार्कि ले आज सामाजिक सन्जालमा लामो स्ट्याट्स यसरि लेखि पार्टि परित्याग गरेका छन्।

नेपाली काङ्ग्रेस पार्टी परित्याग गर्नु परेको दु:खद घोषणा गर्दछु ... मैले जानेसुने देखि आस्था बोकेको प्रिय नेपाली काङ्ग्रेस पार्टी यात्राको २०/ २५ बर्ष देखि गाँसिएको सम्बन्ध बि .पि सोच र चिन्तन बाट अलग हुने निर्णय गरेको छु। “देशको राजनीति तीव्र नैतिकहीनता, चरम सत्ताचलखेल र अति अस्थीरतामा फसेर भट्टीको जुवाखाल सरह हुँदापनि रमिते भएर बस्ने देशका बुद्धिजीवी, पेशाकर्मी र टाठाबाठाहरु यो परिणामका दोषी हुन् । यो वर्ग नसुध्रिएसम्म राजनीति सुध्रन्न देश लोकतन्त्र होइन लुटतन्त्रतर्फ उन्मुख हुदैछ ।

मेरा आदरणीय राजनीतिक गुरु अर्जुन नर्सिङ केसि ज्युलाइ स्मरण गर्दै विभिन्न कालखण्डको परिवर्तनको मुलवाहक नेपाली काङ्ग्रेस पार्टी प्रती जनाता प्रर्तीको बितृष्णा मौलाउदै गएको भ्रष्टाचार गुट उपगुटका कारण असल राजनीतिज्ञको राजनीतिक हत्या पदिय जिम्मेवारी र टिकट बितरणमा केन्द्र देखि तल्लो तहसम्म आर्थिक लेनदेन अपचलन परिवारवाद संबैधानिक निकाय भागबन्डाको हिस्सेदार अपराधी प्रवृत्तिको संरक्षण २१ औं शताब्दीको टेक्नोलोजी अनुसार अगाडी बढ्न नसक्नु आर्थिक नीति र योजना ठोस शिर्षक चयन गर्न नसक्नु बौद्धिक ब्याक्तित्वहरुको मूल्याकंन नहुनु काँग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेस कार्यकर्ताको शीर निहुरिने झुकाउने अवस्था सृजना हुनु जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजी जस्ताको ऐतिहासिक दल परिवार बादामा रुमलिनु नैतिक पतन र आचरण हिन ब्यक्ति पार्टीका शिर्ष स्थानमा बिराजमान रहनु सुशासन र अनुशासनको खडेरी पर्नु हो ।

आर्थिक उन्नतिको एजेण्ड कार्यनयन प्रती अर्जुन दृस्ठि नहुनु केही स्वार्थ प्राप्तिका लागि कुनै एजेन्डा बिहिन पार्टी संग गठबन्धन गरिनु जस्ता कार्यबाट म जस्ता लाखौ नेता कार्यकर्ता विचलित हुनपुगेका छौं पार्टी प्रर्ती नमन गर्दै मैले तिनका झोले बनेर भ्रष्टाहरुको मतियार बनेर हिड्न नसकिने प्रष्ट पार्दै मेरा शुभ चिन्तक आमाबुबा दाजुभाइ दिदिबहिनी साथिभाइ हाम्रो भबिस्य भन्दा पनि ती अबोध बाबुनानिको भबिस्य सुनिश्चित पार्न म हर प्रयास गरिरहने छु र तपाईहरुको माया साथलाइ शिरोपर्य गर्नेछु भन्नेमा पुर्ण बिश्वास व्यक्त गर्दै मलाई बिश्वास गरि विभिन्न पार्टी परित्याग गरि नेपाली काङ्ग्रेस पार्टीमा प्रवेश गर्नुभएका सम्पुर्ण प्रती आत्मा देखि क्षमायाचन माग्दै साधरण सदस्य समेत नरहने गरि स्वतन्त्र भएको घोषणा गर्दछु । बाकी जीवन सामाजिक कार्य जनहितमा काम गर्ने प्रतिबद्धता जाहेर गर्दै समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियान र कार्यदिशा मेरो बटम लाइन हुनेछ जय नेपाल सबैमा । भन्दै उनले फेसबुकमा स्ट्याटस लेखेका छन् ।

 

Must View