नागरिक पोष्ट News


बजेट अधिवेशन आइतबारबाट सुरु हुँदै

497

काठमाडौँ  । संघीय संसद अन्तर्गतका दुवै सदनको बैठक भोलि आइतबारदेखि सुरु हुँदैछ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक आह्वान गरेका हुन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिएका छन् ।

आगामी जेठ १५ गते आउने आर्थिक वर्ष २०८०र८१ को वार्षिक बजेट तथा सोअघिका नीति तथा कार्यक्रमबारे दुवै सदनका बैठकमा प्रारम्भिक छलफल हुनेछ ।

Must View