नागरिक पोष्ट News


विजय स्मारक माध्यमिक विद्यालयमा शिक्षक तथा विद्यार्थीहरुका लागी खेलकुद सम्बन्धी प्रशिक्षण

2.4K

काठमाण्डौँ  ।   विजय स्मारक माध्यमिक विद्यालय को आयोजना तथा उत्प्रेरणा नेपाल संस्थाको समन्वयमा तीन दिने सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुका लागी खेलकुद सम्बन्धी प्रशिक्षण तथा समाग्री वितरण कार्यक्रमको उद्घाटन भएको छ । यही बैशाख २१ गते विजय स्मारक माध्यमिक विद्यालयमा बाट शुरु भएको यस कार्यक्रम महानगरपालिका भित्रका विभिन्न विद्यालयमा आयोजना हुने छ ।  

काठमाण्डौँ महानगरपालिका सामाजिक विकास विभागको आर्थिक सहयोगमा यस किसिमको कार्यक्रम गर्न लागेको कार्यक्रम सञ्चालीका तथा समन्वय शिक्षक टिका ढकालले कार्यक्रममा बताउनु भयो । त्यस्तै कार्यक्रममा काठमाण्डौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी, शिक्षा अधिकारी सीता राम कोईराला, विद्यालय व्यवस्थापनका अध्यक्ष सुरेन्द्र कार्की, शिक्षक अभिभावक संघका अध्यक्ष ईश्वर ज्ञवाली, प्रधान अध्यापक दिल्ली शर्मा लगायत विद्यार्थी भाईबहिनीहरुको उल्लेखनीय उपस्थित रहेको थियो । कार्यक्रममा सबै अतिथिहरुले आफ्नो भनाई समेत राख्नु भएको थियो । 

विद्यालयका शिक्षक तथा विद्यार्थीहरुका लागी खेलकुद सम्बन्धी प्रशिक्षण तथा समाग्री वितरण कार्यक्रमका प्रशिक्षकद्धय विधान आचार्य र शुलोचना म्यामले धेरै राम्रो तरिकाले तालिम प्रदान गर्नुको साथै यसको महत्व र आवश्यक्ता बारे पनि वर्णन गर्नु भयो । त्यस्तै कक्षा कोठामा सानो ठाउँमा पनि बसेर खेल सँगै शिक्षालाई जोड्न सके विद्यार्थी भाईबहिनीहरुलाई पनि पठनपाठनमा लोड नपर्ने र छिटो टिप्ने बताउनु भयो । 

अबको शिक्षा प्रणाली खेल्दै सिक्दै, सिक्दै खेल्दै गर्ने प्रवृतीमा विकास गर्नु पर्नेमा प्रधान अध्यापक दिल्ली शर्मा लगायत उपस्थित व्यक्तिहरुले जोड दिनु भयो । यस किसीमको कार्यक्रमको आयोजना गरेकोमा आयोजक टिमले समन्वय टिमलाई धन्यबाद समेत व्यक्त गर्नु भयो । साथै कायृक्रममा खेलकुद सामाग्री पनि विद्यालयलाई उत्प्रेरणा नेपालकी कार्यक्रम संयोजक सावीत्रि बस्नेत (सबु) ले प्रमुख अतिथिको हातकाट विद्यालयका प्रअ लाई वितरण गर्नु भएको थियो । 

Must View