नेपाली घरेलु सामानहरु अब एकै छानामुनी :- उद्यमी घर
काठमाण्डौ । नेपाली मन, नेपाली पन, नेपालको उत्पादन’ भन्ने नारा का साथ ललितपुरको सातदोबाटो चापागाँउ दोबाटोमा उद्यमी घर सञ्चालनमा आएको छ । एक कार्यक्रमबीच उद्योग, बाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले उद्यमी घरको समुद्घाटन गरेका हुन् ।
२०८० साल बैशाख २१ गते भएको समुद्घाटन कार्यक्रममा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र मर्हजन, उपमेयर मुना अधिकारी, श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका अध्यक्ष श्यामकृष्ण शर्मा, ललिततपुर महानगरपालिका वडा नं १४ का वडा अध्यक्ष अमृतजंग महत, बैक तथा वित्तिय संस्था सातदोबाटोका शाखा प्रबन्धकहरु, उद्यमी व्यवसायी तथा उपभोक्ताहरु समेतको उल्लेखनीय सहभागिता रहेको थियो ।
उद्यमी घरको अवलोकन तथा सामानहरु खरिद गर्न आएका उपभोक्क्ताहरुसँग नागरिकपोष्ट अनलाईन टिभीले गरेको कुराकानीको आधारमा बनाएको एक रिपोर्ट
उद्यमी घरमा नेपाली पन झल्काउने सामानहरु पाईने जुन बाहिरका सामान भन्दा धेरै फरक भएको र सबैले छानी छानी मनलागेको सामान किन्न सकिने भएकोले घरेलु नेपाली पनका सामान लिन उद्यमी घर नै आउने गरेको उपभोक्ताहरु बताउनु हुन्छ । े
उद्यमी घरमा आएर आफ्नै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले उत्पादन गरेका सबै खाले सामाग्रीहरु जुन हाम्रो दैनिक जिवनमा प्रयोग गरीने देख्न पाएको बताउदै आफ्नै देशको उत्पादनलाई महत्व दिई नयाँ पुस्तालाई देखाउन र भविष्यमा नयाँ किसीमको उद्यमशीलता गर्न सकिने त्रिभुवन विश्वविद्यालय भुगर्व शास्त्रमा प्राध्यापन गराउनु हुने कविराज पौडेल बताउनु हुन्छ । नेपाली मौलिकता झल्कने बस्तुहरु जस्तै नाग्लो, डालो, गुन्द्री, ठेकी आदि जुन अहिले खोज्दा पनि नपाउने बस्तुहरु सबै एकै ठाउँमा राखेर नेपाली उत्पादनलाई उद्यमी घरले प्रोत्साहन गरेको छ । ७७ वटै जिल्लाका सामानहरुलाई एकै ठाउँमा राखी नेपाली मौलिकताको उद्यम लाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ उद्यमी घरको सञ्चालन गरेकोमा सञ्चालक टिमलाई धन्यबाद दिदै सबैलाई एक पटक उद्यमी घरमा आएर अवलोकन गर्न श्री कृष्ण प्रणामी युवा परिषद नेपाल ललितपुर जिल्लाका अध्यक्ष र श्री कृष्ण प्रणामी युवा परिषद नेपाल काभ्रे जिल्लाको अध्यक्षले यसरी अपील समेत गर्नुभयो ।
४.स्थानीय निकाय, केन्द्रीय सरकार, संघ सस्थाहरु, नेपाल सरकार लगायत सरोकारवाला व्यक्तिहरुले उद्यमी घरको भ्रमण गर्नु पर्ने बताउदै उद्यमी घरले लघु उद्यम नेपाली मौलिकता झल्काउने स्वदेशी उत्पादनहरुको प्रवद्र्धन गर्दै हातमा सिप भएकाहरुको लागी स्वरोजगार सिर्जना गरी देशको अर्थतन्त्रमा टेवा दिने काम गरेकोले यस उद्यमी घरलाई थप प्रोत्साहन गर्नु पर्ने आईसिटी पत्रकार विकास मञ्चका सस्थापक अध्यक्ष भरत राज उप्रेती बताउनु हुन्छ । भरत राज उप्रेतीको बाईत
उद्यमी घरको समुदघाटन सहित बैशाख २१ गतेदेखि २३ गतेसम्मका लागि वृहत मेला प्रर्दशनी गरिएको जानकारी दिदै उद्यमी घरका व्यवस्थापक शोभा घिमीरेल उद्यमी घरमा पाउने सामानहरु हामीलाई यसरी देखाउनु भयो ।
त्यस्तै उद्यमी घरको मेलामा आउने ग्राहकहरुलाई ३ दिनसम्म हरेक सामानमा १० प्रतिशत छुटको व्यवस्था गरिएको र मेलाको पहिलो दिन देखिनै एकदम उत्साहाका साथ ग्राहक तथा शुभचिन्तकहरको भिड लागेको उद्यमी घरका सह व्यवस्थापक रुपक कार्कीले बताउनु भयो ।
२० बर्षको मिहिनतले यस उद्यमी घर जन्मिएको बताउदै उद्यमीहरुको सिप तथा समानले मुल्य पाओस, रोजागरी सिर्जना होस् देशलाई टेवा पुगोस् भन्नका लागि उद्यमी घर सञ्चालनमा ल्याइएको उद्यमी घरका संञ्चालक दिपक कार्कीले बताए ।
देशभरका करिव ५० जिल्लामा रहेका स्वदेशी लघु उद्यमीहरुले उत्पादन गरेका घरेलु हस्तकला, कृषि तथा नेपाली उद्यमका उत्पादनहरु उद्यमी घरमा विक्रिका लागि राखिएको छ । एकै छानामुनी नेपाली घरेलु उत्पादन संग्रह गरि सञ्चालनमा ल्याइएको यस उद्यमी घर भविष्यमा नेपालकै पहिलो उदाहरणीय उद्यमी घरको नामले चिनिन सकोस् हाम्रो पनि शुभकामना ।।