नागरिक पोष्ट News


दुवाकोटको सडकः सुविधाभन्दा सास्ती बढी

567

काठमाडौं । निरन्तरको वर्षाले सडक हिलाम्मे बनेपछि दुवाकोटका स्थानीय सर्वसाधारणले सास्तीपूर्ण यात्रा गर्न बाध्य भएका छन्।

चागुनारायण नगरपालिका दुवाकोटको मुलसडकमा हिमपाइप बिछ्याउने कार्य सम्पन्न भइसक्दा पनि सडकका दुबै साईडको माटो नपन्छ्याउदा हिलाम्मे सडकमा यात्रा गर्न बाध्य भएका हुन्।

ह्युमपाइप बिछ्याएर पेटी निर्माण कार्य गर्दा निस्केको माटो ब्यवस्थापन गर्ने जिम्मा ठेकेदारकै भएता पनि सबै जन प्रतिनिधि मौन रहेको स्थानियको आरोप छ। सवारी गुडाउन बनाइएका सडकमा पैदलयात्रा गर्न समेत कठिन रहेको दुवाकोटका एक स्थानियले जानकारी दिए।

सडकका कारण वर्षायाममा सबैभन्दा बढी मर्कामा पैदलयात्री पर्ने गरेका छन्। स्थानीय सरकारले चलाएकाभन्दा प्रदेश सरकार र केन्द्र सरकारसँगको साझेदारीमा बनिरहेका सडक वर्षा लागेपछि मात्रै काम सुरु हुने गरेका छन्। सडकको अवस्था हेर्दा खेतमा रोपाई गर्न गएको जस्तो देखिन्छ।

हिलाम्मे सडकमा जोखिम मोलेर भए पनि यातायातका साधन सञ्चालन गर्नुपर्ने र यात्रुहरुलाई पैदल नै यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। सडकले सुविधा दिन्छ कि सास्ती विकासको आधारभूत सर्त मानिने सडकले सुविधा दिने दिनुपर्ने हो तर दुवाकोटको क्षेत्रमा पर्ने यस्ता धेरै ठाउँ छन्, जहाँ सडक सर्वसाधारणका लागि सुविधाभन्दा पनि बढी सास्ती बनेको छ।

Must View