नागरिक पोष्ट News


सामाजिक सुरक्षा कोषमा ४ लाख ८४ हजार श्रमिक सूचीकृत, ४ अर्ब २२ करोड दावी भुक्तानी

1.2K

काठमाडौं । सामाजिक सुरक्षा कोषमा पौने ५ लाख श्रमिक आवद्ध भएका छन् । हालसम्म कोषमा ४ लाख ८४ हजार ६९३ श्रमिक सूचीकृत भएका छन् । सबैभन्दा धेरै बागमती प्रदेशबाट ३ लाख ९० जहार ८७८ योगदानकर्ता सूचीकृत भएका छन् । कोशी प्रदेशबाट ३९ हजार ६६६, मधेशबाट २१ हजार ४६१, गण्डकीबाट १५ हजार ५०८, लुम्बिनीबाट १४ हजार ३६३, सुदुरपश्चिमबाट १ हजार ५५९ र कर्णालीबाट १ हजार २५८ योगदान कर्ता सूचीकृत भएका हुन् ।

कोषमा आवद्ध हुने रोजगारदाताको संख्या १७ हजार ८४९ पुगेको छ । जसमध्ये बागमती प्रदेशबाट १२ हजार ३३१, गण्डकीबाट ८४३, लुम्बिनीबाट १ हजार ४८३, कोशीबाट १ हजार ८६०, मधेशबाट ८२७, सुदुरबाट २५९ र कर्णाली प्रदेशबाट २४६ रोजगारदाता आवद्ध भएका हुन् ।

कोषले योगदानकर्तालाई हालसम्म ४ अर्ब बढी दावी भुक्तानी गरेको छ । कोषले योगदानकर्तालाई विभिन्न सुविधाको शीर्षकमा ४ अर्ब २२ करोड रुपैयाँ दावी भुक्तानी गरेको हो । कोषबाट प्राप्त पछिल्लो तथ्याङ्कले यस्तो देखाएको हो ।

कोषले योगदानकर्ताहरुलाई औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना गरि चार वटा सुविधा उपलब्ध गराउँदै आएको छ । हालसम्म कोषमा ३३ अर्ब ९ करोड रुपैयाँ योगदान रकम संकलन भएको छ ।

कोषका अनुसार सबैभन्दा धेरै वृद्ध अवस्था सुरक्षा योजना मार्फत ३ अर्ब ५९ करोड ४३ लाख ४६ हजार रुपैयाँ दावी भुक्तानी दिएको छ । यस योजनामा २१ अर्ब ६३ करोड ९३ लाख ९५ हजार रुपैयाँ योगदान रकम संकलन भएको छ । बैशाख १६ गतेसम्ममा वृद्ध अवस्था सुरक्षा योजना मार्फत ४६ हजार २९३ वटा दावी भुक्तानी गरिएको कोषले जनाएको छ ।

Must View