नागरिक पोष्ट News


मोडल रियासा दाहाल र रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेलले कसे लगनगाँठो

1.5K

काठमाडौं । हाँस्य टेलिसिरियलकी कलाकार एवं म्युजिक भिडियोकी लोकप्रिय मोडल रियासा दाहाल र रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल आज वैवाहिक बन्धनमा बाधिएका छन् ।  

केही वर्ष अघि देखि प्रेम सम्बन्धमा रहेका उनीहरूबीच आज  वैशाख २० गते बुधवार विवाह भएको हो । भक्तपुरको दरबार रिसोर्टमा उनीहरुको वैवाहिक कार्यक्रम भएको हो ।  

रियासा र भिक्टर करिब तीन वर्षदेखि गुपचुप प्रेममा थिए । अफेयरबारे गसिपहरू आएपनि उनीहरूले सार्वजनिकरूपमा भने आफूहरूको प्रेम स्वीकार गरेका थिएनन् ।  युट्युबबाट प्रशारण हुने भिडिओ सिरिज ‘आजकालको लभ’ बाट रियासा चर्चामा आएकी थिइन् । सो सिरिजबाट अलग भएपछि उनी पछिल्लो समय टेलिसिरियल ‘गाह्रो छ हो’ र ‘अति भो १’मा व्यस्त छिन् । यति मात्र होईन उनी 

म्युजिक भिडियोमा पनि  डिमान्डेड मोडल हुन् । उनले मोडलिङ गरेका थुप्रै म्युजिक भिडियोहरू चर्चित छन् । त्यस्तै, भिक्टर चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’का संस्थापक हुन् । यो पेज युवा पुस्तामाझ निकै लोकप्रिय र विश्वसनीय मानिन्छ  ।

उनीहरुको बैवाहिक जिवन सुखमय रहोस्  शुभकामना  ।

 

Must View