मेयर बालेन्द्रको अर्को अराजक अभिव्यक्ति, नेताहरु सबै चोर हुन्
1K
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले विवादास्पद अभिव्यक्ति दिने गरेको आरोप लागिरहेका बेला फेरि अर्को अभिव्यक्ति दिएका छन् । मेयर साहले सामाजिक सञ्जाल मार्फत नयाँ तथा पुराना सबै नेतालाई चोर भनेका हुन् ।
यसका साथै नयाँ तथा पुराना कुनै पनि नेतालाई देशको माया नभएको उनको टिप्पणी छ । उनले सामाजिक सञ्जालमा लेखेका छन् – ‘नयाँ , पुरानो सबै नेताहरु चोर हुन्,’ मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कसैलाई देशको माया छैन ।’
उनले केही समय अगाडि ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साँच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ’ भनेपछि विवादमा परेका थिए । उनको उक्त भनाइसँगै सिंहदरबार, बालुवाटार र शीतलनिवासको फोहोर उठाउन रोकिएपछि सर्वोच्च अदालतले फोहोर उठाउन आदेश दिएको थियो ।