नागरिक पोष्ट News


नेसनल आइसिटी अवार्ड २०२२ सम्पन्न : पाँच विधामा आइसिटी अवार्ड प्रदान

1.1K

काठमाडौं । नेपाल सरकारले नेसनल आइसिटी अवार्ड २०२२ सम्पन्न भएको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८०को अवसरमा नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा उल्लेखनीय योगदान पुर्यााएका ५ विधामा सम्मान कार्यक्रम गरिएको थियो ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पाँच विधामा ६ व्यक्ति तथा संस्थालाई नेसनल आइसिटी अवार्ड वितरण गरेको हो । 

विजेतालाई १ लाख नगद र प्रमाणपत्रसहित सम्मान गरिएको थियो । यस वर्ष पुरुषतर्फ नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२३ पूर्व सह-सचिव विरेन्द्र मिश्रलाई प्रदान गरिएको छ । सरकारी सेवालाई डिजिटलाइज गर्न महत्त्वपूर्ण योगदान दिएको भन्दै मिश्रलाई सरकारले सम्मान गरेको यो । 

यस्तै महिलातर्फ  नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२३ प्रा. तिमिला यमी थापा सम्मानित भएकी छन् । त्यसैगरी नेपालको सूचना प्रविधिमा क्षेत्रमा निजीक्षेत्रबाट उल्लेखनीय योगदान दिने २ कम्पनीलाई पनि सरकारले सम्मान गरेको छ ।

यस अन्तर्गत नेसनल आइसिटी अवार्ड २०२३ (प्राइभेट सेक्टर) बाट इन्फोडेभलपर्स प्रालि र गभर्नेन्स अटोमेसन सोलुसन प्रालि सम्मानित भएका छन् । 

५ विधा मध्ये यस वर्षको नेसनल आइसिटी अवार्ड (पब्लिक सेक्टर) २०२३ मा सर्वोच्च अदालत सम्मानित भएको छ । नागरिकलाई प्रविधिमैत्री सेवा दिएको भन्दै सरकारले  सर्वोच्च अदालत सम्मान गरेको हो । 

यसका साथै नवप्रवर्तन तर्फ प्रिक्सा टेक्नोलोजी सम्मानित भएको छ । प्रविधिको क्षेत्रमा इन्नोभेटिभ प्रडक्ट बनाइरहेको प्रिक्सा नेसनल आइसिटी इन्नोभेसन अवार्ड २०२३ बाट सम्मानित भएको हो । 

Must View