नागरिक पोष्ट News


नेपाली अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब, आर्थिक वृद्धिदर १.८६ प्रतिशत

2.9K

काठमाडौं । राष्ट्रिय तथ्याङ्क विभागले आर्थिक वर्ष २०८९/८० को वार्षिक राष्ट्रि लेखा तथ्याङ्क सार्वजनिक गरेको छ । तथ्याङ्क अनुसार चालु आवमा उपभोक्ता मूल्यमा १.८६ प्रतिशतले समष्टिगत आर्थिक वृद्धि (कुल गार्हस्थ्य उत्पादनको वृद्धि) हुने देखाएको छ । यसका साथै नेपाली अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्बको हुने देखिएको विभागले जनाएको छ । विभागका अनुसार कुल गार्हस्थ्य उत्पादन वृद्धिदर आधारभुत मूल्यमा भने २.१६ प्रतिशत हुने अनुमान गरिएको छ । चालु मूल्य अनुसार कुल उत्पादन आधारभुत मूल्यमा भने ८० खर्ब ९० लाख ६७ करोड, कुल मध्यवती उपभोग उपभोत्ताको मूल्यमा ३३ खर्ब ९४ अर्ब १७ करोड हुने अनुमान रहेको छ । यस्तै, कुल स्थिर पुँजी निर्माण १३ खर्ब ५६ अर्ब ४६ करोड (कुल गार्हस्थ्य उत्पादनको २५.२१ प्रतिशत), चालु मूल्यमा अन्तिम उपभोग खर्च ५० खर्ब ३६ अर्ब १५ करोड (कुल गार्हस्थ्य उत्पादनको ९३.५९ प्रतिशत), वस्तु तथा सेवा निर्यात ३ खर्ब ८५ अर्ब (७.१७ प्रतिशत), वस्तु तथा सेवा आयात १९ खर्ब ६४ अर्ब ( ३६.५ प्रतिशत) हुने अनुमान गरेको छ । त्यसैगरि राष्ट्रिय बचत कुल गार्हस्थ्य उत्पादनको ३१.६६, विप्रेषण १२ खर्ब ३१ अर्ब (२२.८९) र प्रतिव्यक्ति आय १ लाख ८२ हजार ६८३ अर्थात १ हजार३९९ यूएस डलर हुने अनुमान गरेको हो । जीडीमा सबैभन्दा प्राथमिकताको क्षेत्रबाट २४ प्रतिशत योगदान हुने देखिएको छ । प्राथमिकताको क्षेत्र अन्तर्गत कृषि वन तथा मत्स्य र खानी तथा उत्खनन् क्षेत्रहरु पर्दछन् । चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले २४.६ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा चालु आर्थिक वर्ष २०७९/८०मा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धि दर स्थिर मूल्यमा २.६९% वृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ ।

Must View