नागरिक पोष्ट News


विरोधीहरू राम्रा काम देख्नै चाहँदैनन्, स्यालहरु कराउन थाले, लखेट्नुपर्छ’ - प्रधानमन्त्री प्रचण्ड

777

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार बनेको चार महिनाको अवधिमा मुलुकमा सकारात्मक सुरूवात भएको बताएका छन् । नेपाल ट्रेड युनियन महासंघको आठौँ महाधिवेशनमा सम्बोधनका क्रममा प्रधानमन्त्रीले आफ्नो नेतृत्वमा सरकार गठन भएपश्चात् राम्रो कामको सुरूवात भएको बताएका हुन् ।

राहदानी, राष्ट्रिय परिचयपत्र लिने ठाउँमा लामा लाइन घटेको उनले बताए । सेवा प्रवाहमासमेत सुधार आएको उनको दाबी छ । अहिलेको सरकारको काम कारबाहीले सुशासनका निम्ति राम्रो आधार तयार भएको उनको भनाई छ ।

स्यालहरु कराउन थाले, लखेट्नुपर्छ’

प्रधानमन्त्री ‘प्रचण्ड’ ले जनयुद्ध र जनआन्दोलनको बलमा प्राप्त भएका उपलब्धीहरु उल्ट्उने कोशिस भइरहेको बताएका छन् ।  सबै कम्युनिष्टहरुको जिम्मेवारी प्रतिगमन र प्रतिक्रान्तिलाई रोक्नु रहेको पनि उनले बताए । आन्दोलन र संघर्षबाट प्राप्त उपलब्धीलाई उल्ट्उन स्यालहरु कराउन थालेको उनको भनाई छ । व्यवस्था र परिवर्तन विरुद्ध कराउन थालेको स्यालहरुलाई छुट दिन नसकिने उनले बताए । ‘स्यालहरु कराउन थालेका छन् । स्यालहरुले रजाईँ गर्नेजस्तो गर्न थालेका छन् । त्यसलाई छुट दिन सकिँदैन,’– उनले भने ।

जनताको संघर्ष र बलिदानीबाट आएको परिवर्तनलाई उल्ट्याने खेलहरु भइरहेकोसमेत उनले बताए । यस्तो अवस्थामा उत्पीडित वर्गहरु नगर्जिएको खण्डमा प्रतिक्रियावादीले फेरि टाउको उठाउने उनले बताए ।

Must View