नागरिक पोष्ट News


महावीर पुनको आन्दोलन टुुगियो सरकारसँग सात बुँदे सहमति

819

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र सरकारबीच सात बुँदे सहमति भएको छ । उपप्रधान एवं रक्षा, कानून, न्याय तथा संसदीय मामिला मन्त्री पूर्णबहादुर खड्का र अविष्कार केन्द्रका अध्यक्ष पुनबीच सहमति भएको हो ।

अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरू एकीकृत रूपमा संचालन गर्न नेपाल सरकारले एउटा कोष स्थापना गर्ने सहमति बनेको छ । उक्त कोषबाट अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरुमा लगानी गर्न दुईपक्ष सहमत भएका छन् ।

त्यसैगरी, कोषको व्यवस्थापन तथा संचालन गर्न सङ्घीय संसद्को आगामी अधिवेशनमा विधेयक पेश गरी पारित गर्ने र उक्त विधेयकको मस्यौदा सरोकारवालाको परामर्शमा ६० दिनभित्र तयार गर्न सरकार र धर्नारत पक्ष सहमत भएका छन् ।

यो सँगै महावीर पुनले  धर्ना कार्यक्रम आजबाटै अन्त्य गरेका छन् ।  विभिन्न ४ बुँदे माग राख्दै पुनले गत शुक्रबारदेखि काठमाडौंको माईतिघरमा आन्दोलन गरिरहेका थिए ।

Must View