दार्चुलामा हिमपहिरो, मानिस पुरिएको आशंका
483
व्यास । दार्चुलामा मंगलबार हिमपहिरो गएको छ । मंगलबार दिउँसो पौने ३ बजे व्यास गाउँपालिका(१ बोलिनमा गएको हिमपहिरोमा परी कम्तीमा ८ जना पुरिएको आशंका गरिएको छ ।
यार्सागुम्बा खोज्न हिँडेका ८(९ जना स्थानीय त्रिपालमा बसिरहेको बेला माथिबाट हिमपहिरो खसेको बताइएको छ ।
हिमपहिरोमा पुरिएकाको खोजी गर्न सशस्त्र प्रहरी बलको टोली खटिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।
सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरू दार्चुलाबाट डिएसपीको कमान्डमा ३० जनाको टोली घटनास्थलतर्फ गइरहेको डीएसपी थापाले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी छ ।