नागरिक पोष्ट News


कर्णालीका रैथाने बालीले सहरको माग बढाउदै

1.3K

काठमाडौं । अहिले सहरमा बस्ने मानिसहरूबिच नेपालका गाउँघर तिर पाइने रैथाने खानाहरू खोजी खोजी खाने फेसन नै चलेको छ । त्यसैले काठमाडौँ लगायतका सहरमा कर्णालीका स्थानीय रैथाने खाद्यान्नको बिक्री वितरण भइरहेको छ । 

कर्णाली प्रदेशमा रैथाने बालीका रुपमा उत्पादन हुने ९ वटा रैथाने प्रजातिका बालीहरूमा चिनो, कागुनो, उवा, लट्टे (मार्से), फापर, जुम्ली मार्सी, कोदो, जौ र स्थानीय सिमी जसलाई सहरबासीले मनपराउँदै आएका छन् ।

कर्णालीको रैथाने बालीको माग बढेको छ । यहाँको स्थानीय बजारभन्दा पनि पोखरा, काठमाडौं, नारायणघाट, केही मात्रामा विदेशमा  क्यानडासम्म पनि निर्यात भएको प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धन बहादुर कठायत बताउँछन् ।

Must View