नागरिक पोष्ट News


'अर्थको अर्थ’ काे ३०औं वार्षिकाेत्सव सम्पन्न

532

काठमाडाैं ।  मुलुककै पहिलो साप्ताहिक आर्थिक टेलिभिजन कार्यक्रम ‘अर्थको अर्थ’ काे ३०औं वार्षिकाेतसव बुधबार सम्पन्न भएकाे छ । उक्त कार्यक्रममा बाेल्दै अर्थमन्त्री डा. प्रकाशसरण महतले आगामी वर्षको बजेट निर्माणको चरणमा भएकोले सरकारले व्यावसायिक क्षेत्रमा भएका समस्याकाे समाधान गर्न आफू दत्तचित्त भएर लागेको बताएका छन् ।

अहिले जताततै उद्योगी व्यवसायी समस्यामा परेको गुनासाे आइरहँदा उनीहरूका समसया हल गरेर अगाडि बढ्ने बताए । उनले भने, ‘मैले गर्न पर्ने ठाउँमा म गर्छु । तर, मैले मात्र गरेर केही हुँदैन । राष्ट्र बैंकले पनि केही गर्नुपर्ने हुन्छ । त्यो उसको पाटो हो । हामीले मिलेर अघि बढ्नुपर्छ ।’

उक्त  कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले व्यवसायी आत्तिहाल्नुपर्ने अवस्था नभएको बताएका छन् । उनले व्यवसायी हतोत्साही हुनु नपर्ने बताउँदै अहिलेको समयमा एकले अर्कोलाई देखाएर पन्छिने भन्दा पनि सबैले मिलेर काम गर्नुपर्ने बताए । उनले भने, ‘अहिले व्यवसायी निरास भएको अभिव्यक्ति दिँदै आउनु भएको छ । तर, तपाईंहरू निरास हुने अवस्था छैन । योभन्दा खराब अवस्था आउँदैन । निरास नहुनुस् ।’

अब नीति बनाउँदा सकारात्मक आश हुने खालका आउनुपर्ने भनदै उनले दक्ष जनशक्ति उत्पादन बढाउनु पर्नेमा समेत जाेड दिए।

साेहि अवसरमा आईबीएन मिडिया एन्ड रिसर्च प्रालिले ‘अर्थकाे अर्थ’ विशेषांक पनि विमाेचन गरेकाे छ । उक्त कार्यक्रमका प्रमुख अथितिकाे उपस्थितिमा उक्त स्मारीका विमाेचन गरीएकाे हाे ।

Must View