नागरिक पोष्ट News


संयुक्त राष्ट्रसंघद्वारा चाडमा एक हजार बढी सुडानी शरणार्थी परिवार दर्ता

567

याउण्डे  । सशस्त्र द्वन्द्व चलिरहेको छिमेकी सुडानबाट चाडमा प्रवेश गरेका एक हजार भन्दा बढी परिवारहरूलाई संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सीले चाडमा दर्ता गरेको छ ।

चाडस्थित प्रतिनिधि लाउरा लो क्यास्ट्रोले बताएअनुसार ‘पूर्वी चाडमा सुडानी शरणार्थीहरूको आगमन बढ्दो छ । अप्रिल २५ गतेदेखि यहाँ शरणार्थीको प्रारम्भिक दर्ता सुरु गरिएको हो।’

क्यास्ट्रोले यसअघि समस्याग्रस्त सुडानबाट १०हजार देखि २० हजार मानिसहरू चाडमा भागेको अनुमान गरेका थिए । त्यस्तै विश्व खाद्य कार्यक्रम, युनएचसीआर, संयुक्त राष्ट्रसंघ बालकोष र चाडको राष्ट्रिय आयोगबीच  शरणार्थी व्यवस्थापन का निम्ति संयुक्त मिसन सञ्चालन गरिएको छ।

संयुक्त राष्ट्रसंघले गत हप्ता चेतावनी दिँदै नयाँ आगमनहरू ‘बढ्दो’ मानवीय आवश्यकताहरू र ‘दीर्घकालीन’ रूपमा बढ्न सक्ने र बजेट अभावले गर्दा समस्या समाधानमा थप जटिलता आउन सक्ने प्रक्षेपण गरेको थियो ।

Must View