नागरिक पोष्ट News


वैशाख १५ गते नेपाली बक्स अफिसमा स्टार भर्सेस ब्राण्डको भिडन्त हुँदै

1K

काठमाडौं । वैशाख १५ गते नेपाली बक्स अफिसमा स्टार भर्सेस ब्राण्डको भिडन्त हुँदैछ । यसबाहेक फिचर फिल्मभन्दा अलग जनराको स्वाद लिन चाहने दर्शकलाई पनि त्यो सुविधा उपलब्ध छ । यसर्थ यो मिति फिचर भर्सेस डकुमेन्ट्री पनि बन्नेछ । आगामी शुक्रबार ‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’, ‘पासाङ स् इन द स्याडो अफ एभरेस्ट’ र ‘कैदीको पत्र’ रिलिज तयारीमा छन् ।

अमेरिकी निर्देशक न्यान्सी स्भेन्डसेन निर्देशित ‘पासाङ स् इन द स्याडो अफ एभरेस्ट’ले पासाङ ल्हामु शेर्पाले चौथो पटकको प्रयासमा कसरी सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरिन् भन्ने कथा पेश गर्छ । यो डकुमेन्ट्री फिल्मको लम्बाइ एक घण्टा १२ मिनेट छ । महिला सशक्तीकरण र भावनात्मक यो फिल्मलाई दर्शकले हलमा नेपाली भाषामै हेर्न पाउनेछन् ।

प्रिमियरदेखि नै निकै उत्कृष्ट प्रशंसा बटुलेको यो फिल्ममा पासाङ ल्हामुसहित लाक्पा शेर्पा, भिन्सेन एडम्स, पेम्बा नोर्बु शेर्पालाई चित्रण गरिएको छ । पासाङ ल्हामुसहितको नेपाली महिला आरोही टोलीले सगरमाथा चढेको ३० वर्षको अवसरमा यो फिल्मलाई नेपालमा रिलिज गर्न लागिएको हो । हप्तैपिच्छे फिचर फिल्म मात्र रिलिज हुने हलमा यसपटक डकुमेन्ट्री रिलिज भएको छ ।

सुदर्शन थापा निर्देशित ‘प्रसाद २’ अर्को प्रतीक्षित फिल्म हो । स्टार र कथावस्तुको हिसाबले यो फिचर फिल्म दर्शकीय रोजाइमा पर्न सक्छ । विपिन कार्की, अर्पण थापा र केकी अधिकारीको शीर्ष भूमिका रहेको फिल्मले अन्तरजातीय विवाह गरेको दम्पतीले जातीय, लैंगिक र राजनीतिक विभेदको बाबजुद आत्मसम्मानपूर्वक बाँच्न गरेको संघर्षलाई चित्रण गर्छ ।

Must View