नागरिक पोष्ट News


नयाँ स्टक एक्सचेन्ज र कमोडिटी मार्केट सञ्चालन लाइसेन्सका लागि सात कम्पनीको आवेदन

763

काठमाडौँ  । नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनका लागि इजाजत लिन सातवटा इच्छुक कम्पनीले आवेदन दिएका छन् । नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि तीन र वस्तु विनिमय बजार ९कमोडिटी मार्केट० सञ्चालनका लागि इजाजत लिन चारवटा कम्पनीले आवेदन दिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

आवदेन दिने अन्तिम दिन आइतबार बेलुकासम्म नयाँ स्टक एक्सचेन्ज र कमोडिटी मार्केटको इजाजतपत्र लिनका लागि सातवटा कम्पनीको आवेदन दर्ता भएको बोर्डले जनाएको छ ।

नयाँ स्टक एक्सचेन्जको अनुमतिका लागि हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेन्ज लिमिटेडले आवेदन दिएको बोर्डले जनाएको छ । कमोडिटी मार्केटका लागि मल्टी डेरिभेटिभ एक्सचेन्ज लिमिटेड, मल्टी एसेस्ट्स एन्ड डेरिभेटिभ एक्सचेन्ज स्टक लिमिटेड, हिमालयन कमोडिटिज एन्ड डेरिभेटिभ एक्सचेन्ज र नेपाल मल्टी कमोडिटिज एक्सचेन्ज लिमिटेडको आवेदन परेको बोर्डले जनाएको छ ।

सर्वोच्च अदालतको गत चैत २६ गतेको फैसलाले नयाँ स्टक एक्सचेन्ज कम्पनी, कमोडिटी मार्केट र धितोपत्र कारोबारका लागि नयाँ दलाल व्यवसायी लाइसेन्स जारी गर्न बोर्डलाई बाटो खुलेको थियो ।

Must View