स्थायी नम्बर लिने करदाताको संख्या ५३ लाख ४१ हजार नाघ्यो
609
काठमाडौं । नेपालमा स्थायी लेखा नम्बर लिने करदाताको कुल संख्या ५३ लाख ४१ हजार नाघेको छ । चालू आर्थिक वर्षको ८ महिनामा दर्ता भएका कुल करदातामध्ये व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता करदाता ३४ लाख ५२ हजार ४ सय १६, व्यवसायिक स्थायी लेखा नम्बर लिने १८ लाख ६३ हजार ८ सय ८ र करकट्टि गर्ने निकायले लिएको स्थायी लेखा नम्बर २४ हजार ९ सय ५४ पुगेको छ । यसैगरी मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाता ३ लाख ७ हजार ७ सय १० र अन्तःशुल्कमा दर्ता हुने करदाताको सङ्ख्या १ लाख २० हजार २ सय ९२ पुगेको छ । गत आर्थिक वर्षको पहिलो ८ महिनामा व्यवसायिक स्थायी लेखा नम्बर लिने करदाता सङ्ख्या भन्दा चालु चालू आर्थिक वर्षको पहिलो ८ महिनामा यस्तो सङ्ख्यामा ४६.६ प्रतिशतले कमि आएको छ ।