नागरिक पोष्ट News


८.८ प्रतिशतले बढ्यो वैदेशिक सहायता प्रतिबद्धता

707

काठमाडौं  । आर्थिक वर्ष २०७९–८० को पहिलो आठ महिनामा वैदेशिक सहायता प्रतिवद्धता गत आर्थिक वर्षको तुलनामा ८.८ प्रतिशतले वृद्धि भई रु. १ खर्ब ३७ अर्ब १२ करोड पुगेको छ । यसमध्ये अनुदान सहायता रु. २३ अर्ब १२ करोड र ऋण सहायता रु. १ खर्ब १४ अर्ब रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा वैदेशिक सहायता प्रतिवद्धता रु. १ खर्ब २६ अर्ब ७ करोड रहेको थियो । कुल वैदेशिक सहायता प्रतिवद्धतामध्ये विश्व बैंक, एशियाली विकास बैंक र जापान सरकारबाट क्रमशः ४७.८ प्रतिशत, २८ प्रतिशत र १२.१ प्रतिशत प्राप्त भएको छ । वैदेशिक सहायता प्रतिवद्धतामध्ये सबैभन्दा बढी सडक क्षेत्रमा २५।५ प्रतिशत र सबैभन्दा कम रोजगारी सिर्जना क्षेत्रमा ०.७ प्रतिशत प्राप्त भएको छ ।

Must View